नेपाली

पैचिङ हिउँदे ओलम्पिक खेलकुद र हिउँदे पारा ओलम्पिक खेलकुदले धेरै मूल्यवान सम्पदा दिएको अन्तर्राष्ट्रिय ओलम्पिक समितिका संस्कृति र ओलम्पिक सम्पदा परिषदकी अध्यक्षको भनाई

criPublished: 2022-04-04 15:52:30
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अन्तर्राष्ट्रिय ओलम्पिक समितिका संस्कृति र ओलम्पिक सम्पदा परिषदकी अध्यक्ष पतमा लिस्वादट्राकुलले हाल हाम्रा पत्रकारसँग कुराकानी गर्दै पैचिङ हिउँदे ओलम्पिक खेलकुद र हिउँदे पारा ओलम्पिक खेलकुदको उच्च मूल्याँकन गर्नुभएको छ। चीनले विश्वलाई उच्च स्तरको अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गरी धेरै मूल्यवान ओलम्पिक सम्पदा दिएको भन्दै उहाँले प्रशंसा गर्नुभएको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक समितिका संस्कृति र ओलम्पिक सम्पदा परिषदकी अध्यक्ष पतमाले धेरै पटकको ओलम्पिक खेलकुदबारे राम्रो जानकारी लिनुभएको आधारमा पैचिङ हिउँदे ओलम्पिक खेलकुद र हिउँदे पारा ओलम्पिक खेलकुदको आयोजना निकै उत्कृष्ट र सफल रहेको ठहर गर्नुभयो। उहाँ भन्नुहुन्छ,

पैचिङ हिउँदे पारा ओलम्पिक खेलकुदको अर्थ प्रतियोगिताहरु मात्रै होइन, त्यसले विश्वका विकलाङ्गहरु खेलमा भाग लिने उत्साहलाई प्रोत्साहन गर्नुका साथै विकलाङ्गहरुलाई ठूलो सक्रिय शक्ति दिएको छ। चीनले उच्च स्तरीय अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गरेर विश्वलाई विशेषतः विज्ञान तथा प्रविधिको आविष्कार क्षेत्रको विकास देखाएको छ। त्यसका अतिरिक्त, चीनले सम्पूर्ण प्रतियोगिताहरुको आयोजना गर्ने क्रममा वातावरणीय संरक्षणलाई महत्व दिएको छ। हिउँदे पारा ओलम्पिक खेलकुदको उद्घाटन तथा समापन समारोहको स्थल बर्ड नेस्ट रंगशाला पैचिङ २००८ ग्रीष्मकालीन ओलम्पिक खेलकुद र पैचिङ २०२२ हिउँदे ओलम्पिक खेलकुदको आयोजक स्थल पनि हो, त्यसलाई ओलम्पिक खेलकुदको इतिहासमा राखिने छ र त्यो ओलम्पिक सम्पदा बन्ने छ।

हिउँदे पारा ओलम्पिक खेलकुदको आयोजक पक्षले ओलम्पिक खेलकुदका रंगशालाहरुलाई विकलाङगहरुको मांग बमोजिम पारा ओलम्पिक खेलकुदका रंगशालामा मर्मत गरेको कुराबाट विकलाङगहरुप्रति माया ममता देखाएको बारेमा पतमा भन्नुहुन्छ,

पारा ओलम्पिक गाउँमा व्हिलचियरमा बस्ने खेलाडीहरुकालागि बाटोको विस्तार गर्दै टेबल र कुर्सीको उचाइ पनि मिलाइएको छ। रेस्टुराँमा दृष्टिविहीन खेलाडीहरुका लागि छोएर पढ्ने भाषामा मेन्यु राखिएको छ। यी सबै कुरा मेरो मनमा गहिरो छाप परेको छ। पैचिङ हिउँदे ओलम्पिक समितिले विभिन्न किसिमको नयाँ प्रविधिको प्रयोग गरी खेलाडीहरुलाई आनन्ददायी र सुविधाजनक वातावरण प्रदान गरेकोमा म धन्यवाद ज्ञापन गर्छु। उदाहरणका लागि एआई प्रविधिमार्फत बहिरा खेलाडीहरुलाई साङ्केतिक भाषाबाट प्रतियोगिताबारे बयान गरिएको छ। यी रंगशाला र संरचनाहरु ओलम्पिक सम्पदा बन्नुका साथै शहरको निर्माणको नमूना बन्ने छन्।

पतमाले पैचिङ हिउँदे ओलम्पिक खेलकुदले हिउँदे ओलम्पिक खेलकुदको इतिहासमा नयाँ अध्याय लेखेको ठहर गर्नुभयो। संयोजन समितिको कार्य, उच्च प्रविधिको उपयोग, कम कार्बन र वातावरणीय संरक्षण सम्बन्धी हरित विचार तथा स्वयंसेवकहरुको उत्कृष्ट सेवा उहाँको मनमा गहिरो छाप परेको छ।

चीनले अन्तर्राष्ट्रिय खेलकुद कार्यलाई अघि बढाउन गरेको अथक प्रयास हामीले देखेका छौँ। हिउँदे ओलम्पिक खेलकुदका उद्घाटन समारोह, समापन समारोह र सम्पूर्ण प्रतियोगिताहरुबाट चीनको विकास र उच्च विज्ञान तथा प्रविधि अभिव्यक्त गरिएको छ। चीनले हिउँदे ओलम्पिक खेलकुदको नयाँ इतिहास सिर्जना गरेको छ। पैचिङ हिउँदे ओलम्पिक खेलकुदको अवधिमा मैले उत्कृष्ट स्वयंसेवाको अनुभव पनि गरेकी छु। स्वयंसेवकहरुलाई आभार व्यक्त गर्न चाहन्छु। उनीहरुको उच्च गुणस्तरका छन्। उनीहरुले अँग्रेजी भाषाबाहेक अरु विदेशी भाषाबाट पनि सेवा प्रदान गरेका छन्। चीनले कम कार्बन र दिगो विकासमा ध्यान दिएर आयोजना गरेको हिउँदे ओलम्पिक खेलकुदको म धेरै प्रशंसा गर्न चाहन्छु।

Share this story on

Messenger Pinterest LinkedIn