नेपाली

पैचिङ हिउँदे ओलम्पिक खेलकुदद्वारा धेरै रिकर्ड सिर्जना

criPublished: 2022-02-27 16:07:35
Share
Share this with Close
Messenger Pinterest LinkedIn

१७ दिने पैचिङ हिउँदे ओलम्पिक खेलकुद २०२२ मा विभिन्न मुलुकका खेलाडीहरूले विभिन्न नयाँ रिकर्ड कायम गरेका छन्।

पैचिङ हिउँदे ओलम्पिक खेलकुदले दुई वटा विश्व रिकर्ड र १८ वटा ओलम्पिक रिकर्ड राखेका छन्। साथै २३ वटा प्रतिनिधिमण्डलले स्वर्ण पदक पाएका छन् भने एकै हिउँदे ओलम्पिक खेलकुदमा स्वर्ण पदक पाउने प्रतिनिधिमण्डलको संख्या सबभन्दा बढी पुगेको छ। यसबाहेक अरू २९ वटा प्रतिनिधिमण्डलले पनि पदक पाएका छन्। नर्वे प्रतिनिधिमण्डलले १६ वटा स्वर्ण पदक, ८ वटा रजत पदक, १३ वटा काँस्य पदक लिएर स्वर्ण पदक सूचिको पहिलो स्थानमा रहेको छ। हिउँदे ओलम्पिक खेलकुद इतिहासमा सबभन्दा बढी स्वर्ण पदक पाएको रिकर्ड पनि राखेको छ।

हिउँदे ओलम्पिक खेलकुदको आयोजकका रूपमा रहेको चीनले उत्कृष्ठ प्रदर्शन र उपलब्धि लिएर अन्तर्राष्ट्रिय समूहको सम्मान र प्रशंसा पाएको छ। एकातिर चीनले इतिहासमा सबभन्दा ठूलो प्रतिनिधिमण्डल खटाएर समस्त ७ तरिकाका कार्यक्रमका सबै प्रतियोगितामा संलग्न भएको छ, अर्कोतिर चीनले ९ वटा स्वर्ण पदक, ४ वटा रजत पदक र २ वटा काँस्य पदक लिएर स्वर्ण पदक सूचिको तेस्रो स्थानमा रहेको छ। हिउँदे ओलम्पिक खेलकुदमा संलग्न भएको इतिहासमा यो चीनको सबभन्दा राम्रो उपलब्धि हो। जसबाट चीन विश्व हिम तथा बरफ खेलको शक्तिशाली मुलुकको समूहमा प्रवेश भएको देखिएको छ।

यसबाहेक पैचिङ हिउँदे ओलम्पिक खेलकुद नै हालसम्म महिला खेलाडी संलग्न भएको अनुपात सबभन्दा बढी र संलग्न भएको प्रतियोगिता सबभन्दा बढी हिउँदे ओलम्पिक खेलकुद पनि हो। जुन अनुपात ४५.४ प्रतिशत पुगेको छ भने समस्त १०९ किसिमका प्रतियोगितामा महिला खेलाडी संलग्न भएको दर ५३ प्रतिशत पुगेको छ।

Share this story on

Messenger Pinterest LinkedIn