नेपाली

तेक्वान्दो खेलाडी वु चिङ युको कथा-१

criPublished: 2021-10-05 15:33:45
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आजको कथा सन् २०१७ को जुलाई २५ तारिखबाट शुरु गर्दैछु। त्यस दिन पैचिङ ग्रीष्म ऋतुको अवधिमा रहेकोले निकै गर्मी थियो। प्रसूति अस्पताल बाहिरका रुखहरूमा रहेका झ्याउँकिरीहरु निरन्तर रुपमा कराइरहेका थिए। वार्डमा रहेका बिरामीहरु यति ठूलो र निरन्तरको झ्याउँझ्याउँले झनै प्रताडीत भएका थिए।

यसै बेला शैय्यामा ठूलो पेट भएकी एक महिलालाई निकै व्यथा लागेको थियो। चश्मा लगाएका उनका श्रीमानले उनको हात समातेका थिए र चिकित्सक सिजेरियन गर्न सुझाव दिँदै थिए। उनीहरूले शल्यक्रिया स्वीकार गरेको एकैछिनपछि उक्त महिलालाई शल्यक्रिया कक्षमा पुर्‍याइएको थियो। उनको शैय्यामा रहेको कार्डमा उनको नाम लेखिएको थियो: वु चिङ यु।

एक घण्टापछि शल्यक्रिया कक्षबाट बच्चा रोएको स्वर आयो। कोठाको ढोका खुल्ने बित्तिकै एक जना नर्सले भनिन्, “वु चिङ युको आफन्त भित्र आउनुहोस्”।

वु चिङ युका श्रीमान नर्सको पछि लागेर कोठामा प्रवेश गरे। झिमझिम गर्दैगरेको बच्चाको आँखा उनले देखे।

“हेर्नुहोस्, उ तपाईँहरुको छोरी हो, उनको तौल ४ केजी छ। छोरी र उनकी आमा स्वस्थ छन्।”

चीनको दक्षिण भागमा रहेको च्याङ सी प्रान्तमा वु चिङ युको जन्म भएको थियो। शान्दार चिनियाँ माटो उत्पादन गर्ने उनको जन्मस्थल चिङ त चन विश्वमा प्रसिद्ध छ। वु चिङ युका श्रीमान अन्तर्राष्ट्रिय ओलम्पिक समिति अन्तर्गत संस्कृति र ओलम्पिक सम्पदा समितिका सदस्य हौ खुन हुन्। सन् २०१४ मा हौ खुनले तेक्वान्दो खेलाडी वु चिङ युसँग विवाह गरेका थिए। वु चिङ यु साधारण खेलाडी होइनन्, उनले सन् २००८ र २०१२ मा आयोजित ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा निरन्तर रुपमा स्वर्ण पदक जितेका थिए।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn