नेपाली

निर्माण साइटका मजदूरबाट कुखुरा पाल्ने किसान

CRIPublished: 2020-08-28 09:11:54
Share
Share this with Close
Messenger Pinterest LinkedIn

लान को छेन क्वाङ सीको तु आन याउ जातीय स्वशासित जिल्लाको लुङ वान गाउँमा बसोबास गर्छन्। यो जिल्लाको क्षेत्रफल चार हजार वर्गमिटर छ। दुङ्गे पहाडको क्षेत्रफलले जिल्लाको क्षेत्रफलको ८९ प्रतिशत भाग ओगटेको छ। यो जिल्ला क्वाङ सीका चार वटा अति गरिब जिल्लामध्येको एक हो र हालसम्म गरिबीबाट मुक्त भएको छैन। लान को छेनले विगत पन्ध्र वर्षसम्म निर्माण साइटमा काम गरेका थिए। चालू वर्षको वसन्त चाडअघि श्रीमतीसँग वसन्त चाड मनाउन उनी जन्मथलो फर्केका थिए। यसै बीच स्थानीय गरिबी निवारणलाई सहायता दिएका संस्थाले गत वर्ष उनको गाउँमा कुखुरापालन आधार क्षेत्रको निर्माण गरेको थियो। योसँगै उनले कुखुरा पाल्ने आशा लिएका थिए। हाल गाउँ समितिको समर्थनमा उनले श्रीमतीसँग कुखुरा पाल्न थालेका छन्। अहिले लान को छेनले पालेका तीन हजार वटा कुखुरा बजारमा विक्री गरिने समय भएको छ। उनले आफ्नो प्रयासमा परिवारको आम्दानी बढाउनुका साथै स्थानीय वासिन्दाले पनि राम्रो जीवन बिताउनसक्ने आशा लिएका छन्।

Share this story on

Messenger Pinterest LinkedIn