इटालीको राष्ट्रिय रग्बी टोली सदस्य स्वयमसेवक माक्सिमे मबन्दाको महामारी प्रतिरोध कथा
स्वयमसेवकहरुको काम चिकित्साकर्मीको जस्तै महान होइन होला, तथापि उनीहरुले आफ्नो कोशिशमार्फत ज्यान बचाउन खोज्छन्। हाम्रो जिम्मा नयाँ कोरोना भाइरस संक्रमितहरुलाई अरु राम्रो वातावरण भएको ठाउँ पुर्याउनु हो। विरामीहरुलाई पुर्याउने क्रममा विरामीहरुको ज्यान हाम्रो हातमा रहेको हुन्छ।
महामारीको प्रतिरोध सम्बन्धी बहादूरलाई पुरस्कार दिन जुन ३ तारिख इटालीका राष्ट्रपति सर्जिओ माटारेलाले महामारीको अवधिमा विशेष योगदान पुर्याएका ५७ जना नागरिकलाई गणतन्त्र नाइट पदक वितरण गर्नुभएको थियो। मबन्दा यिनीहरुमध्येका एक हुन्। उनले यस सम्मानलाई अरु हजारौं स्वयमसेवकहरुसँग बाँड्नुपर्ने बताए।
यो इज्जत र सम्मान पाउँने छु भन्ने मैले सोचेको थिइन। सो खबर पाउँदा म रग्बी टोलीको तालिममा थिएँ। मलाई धेरै खुसी लागेको थियो। मेरा बुवा आमालाई पनि गौरव लाग्यो। यो इज्जत रग्बी प्रतियोगिता जस्तै हो, कुनै पनि विजय व्यक्तिगत विजय हुँदैन, बरु टोलीको सामूहिक प्रयासको परिणाम हो। अरु सम्पूर्ण स्वयमसेवकहरुसँग यो इज्जत र सम्मान बाँड्न म इच्छुक छु।
इटालीमा महामारीको स्थिति खुकुलो हुँदै आएको परिप्रेक्ष्यमा विभिन्न सामाजिक कार्यकलाप तथा दैनिक जीवन क्रमश: सामान्य भएको छ। विरामीहरुको ओसार-पसार गर्ने आवश्यक्ता नभएकोले मबन्दा रग्बी टोलीको तालिम तथा प्रतियोगितामा फेरि सक्रियताका साथ लागेका छन्। तथापि भविश्यमा स्वयमसेवा कार्यमा निरन्तर रुपमा भाग लिने उनले व्यक्त गरेका छन्।
एम्बुलेन्समा बस्दा हामीले सोच-विचार गरेको एउटै कुरा भनेको के कसरी ज्यान बचाउनु हो। गोरा होस्, काला होस् अथवा एशियाली होस्, सम्पूर्ण मानवको विचार समान छ र कुनै भिन्नता छैन। मेरा धेरै चिनियाँ साथीहरु छन्। मेरो विचारमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको आपसी सम्मानसँगै साझा प्रयास गर्नु हो।