अमेरिकी राजनीतिज्ञको गडबडीबाट विश्व नै खस्किँदै
अझ उदेकलाग्दो कुरा त वर्तमान सरकारका अनेकौँ गडबडीको विस्तृत प्रभाव फैलाउँदैछ र विश्वस्तरलाई नै खस्काउँदैछ।
माहामारीको रोकथाम तथा नियन्त्रणको सम्बन्धमा अमेरिकाले ठूलो मुलुकको जिम्मेवारी नलिनुका साथै सारा विश्वको महामारी रोकथाम तथा नियन्त्रण सहयोगलाई ध्वस्त गरिरहेको छ। अन्तर्राष्ट्रिय महामारी रोकथामको केन्द्रीय अवधिमा अमेरिका विश्व स्वास्थ्य संगठनबाट अलगिएको छ जसबाट गम्भीर रुपमा सारा विश्वद्वारा महामारीको रोकथामका लागि गरिएको प्रयासलाई कम्जोर बनाएको छ। यसका अतिरिक्त अमेरिकाले एकातिर अन्तर्राष्ट्रिय कोभिड-१९ खोपको अनुसन्धान तथा विकास सहयोगमा पूँजी लगाउन अस्वीकार गर्दै अर्कातिर कपटी र धूर्त्याइँले सारा विश्वको खोप अनुसन्धान तथा विकासमा हस्तक्षेप गरेको छ।
आर्थिक विषयमा अमेरिका नै सारा विश्वको अर्थतन्त्र पुनरुत्थानको एक मुख्य जोखिम बन्दै गएको छ। सारा विश्व अर्थतन्त्रको सवा अंश बोक्ने अमेरिकाको अर्थतन्त्रमा ह्रास भैरहेकाले विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण नकारात्मक प्रभाव पारेको छ। साथै कम्जोर वाणिज्य वातावरणले पनि अमेरिकी व्यवसायद्वारा विदेशका लागि लगानीकर्ता शक्तिलाई कमजोर बनाउने छ। यस पृष्ठभूमिमा अमेरिकी नेताले दायित्वबोधको कुराभन्दा चीनलाई बदनाम गर्ने कुरालाई अझ महत्व दिएका छन्।