नेपाली

यु कुं नामका बुढाद्बारा पहाड सार्ने कथा

CRIPublished: 2020-07-15 09:33:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

त्यति बेला ट सौ नामका एकजना बुढा थिए। चिनियाँ भाषामा टको अर्थ बुद्धि र सौको अर्थ बुढा हो। ती बुढा निकै चलाख थिए र यु कुंगको परीवारका सबै सदस्यहरुले पहाड सार्नलागेको देखेर यो हाँसो उठ्दो कुरा भएको उनले ठाने। एक दिनको कुरा थियो, ती बुढाले यु कुंगलाई भनेः तपाईं यति बुढो भैसक्नुभयो, तपाईंलाई हिं‌-डडुल गर्न पनि कठीन छ, यति ठूला दुइवटा पहाड कसरी सार्न सक्नुहुन्छ?

यु कुंगले भनेः [तपाईंको नाम ट सौ, तर मेरो विचारमा वालकको तुलनामा तपाईंको बुद्धि त्यति विकसित भैसकेको छैन। हुन त म मृत्युको संघारमा पुग्नथालिसकेको छु। म मरेपछि छोराहरु छन, छोरा मरेपछि नातिहरु छन। यसो गरेर नाति-पनाति गरी पुस्तौं-पुस्तासम्म पहाड सार्दै गरेमा पहाडका ढुंगा र माटो पनि घट्दैजानेछ। दिन, महिना र वर्ष गरेर पहाड सार्दैजाँदा यस पहाडलाई किन सार्न सकिन्न?] आफैलाई बुद्धिमान् ठानेको ट सौले यु कुंको कुरा सुनेर केही पनि बोल्न सकेन।

यु कुंगले आफ्नो परीवारका सबै सदस्यहरुलाई लिएर गर्मी याममा होस् वा जाडो याम हरेक दिन विहान सबेरैदेखि साँझ सूर्य अस्ताउँदासम्म पहाड सार्ने काम गरे। उनीहरुको काम देखेर ईश्वर पनि प्रभावित भए। ईश्वरले ती दुइवटा पहाड अन्यत्र सार्न दुइजना देवतालाई मर्त्य लोकमा पठाए।

यो यु कुंगले पहाड सार्ने कथा आजसम्म पनि चीनमा चलिरहेको छ। यस कथाले जतिसुकै कठिन काम भए पनि दृढ संकल्पका साथ काम गर्दैगएमा अवश्य सफल भइन्छ भन्ने शिक्षा दिनचाहेको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn