सन् २०२० सगरमाथा उचाइ मापन टोलीको नाम सार्वजनिक
मै १८ तारिख, सन् २०२० सगरमाथाको उचाइ मापन गर्ने पर्वतारोहण टोलीका प्रमुख छ रोले ६५०० मिटरको उचाइमा रहेको बेसक्याम्पबाट शिखर चढ्ने सदस्यहरूको नाम सूची सार्वजनिक गर्नुभएको छ। उहाँसमेतका जम्मा १२ जना पर्वतारोहीहरूले मै २२ तारिख सगरमाथाको सफल आरोहण गर्ने योजना बनाएको छ।