नेपाली

#आँखीझ्याल# चीनको महामारीको प्रतिरोधमा संलग्न भएका नाइजरका स्वयंसेवी केटा अली

CRIPublished: 2020-04-24 10:37:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

"तपाईंको पास कार्ड मलाई देखाउनुहोस्। गाडीमा अरू छन् कि छैनन्? नभएमा पास गर्नुहोस।"

सररर चिनियाँ भाषा बोलेको आवाज सुन्दा तपाईलाई कस्तो लाग्छ? कालो छाला र ठूलो आँखाका अफ्रिकी केटाले त्यसरी बोलेका हुन्।

चालू वर्षको मार्च महिनाको शुरू यता हरेक साताको सोमबार, मंगलबार, शुक्रबार पैचिङ नगरपालिकाको हाइ तेन क्षेत्र श्य्व युआन लु सडक कार्यालयको फु रून च्या युआन आवास सामुदायिक ढोकाअगाडि अफ्रिकी स्वयं सेवक देख्न पाइन्छ। उनले पास कार्ड जाँचबुझ गर्छन्, नागरिकको तापक्रम मापन गर्छन्। उनले चिनियाँ भाषा, अंग्रेजी भाषा, फ्रान्सेली भाषा बोलेर विभिन्न मुलुकका वासिन्दालाई सेवा दिन्छन्। ती केटाको नाम अली अल्बाडे हो। उनी पश्चिमी अफ्रिकाको नाइजरबाट आएका हुन्। एघार वर्षअगाडि अर्थ तथा व्यापार विषय अध्ययन गर्न अलि चीन भाषा विश्वविद्यालयमा आएका हुन्। विश्वविद्यालयबाट स्नातक भएपछि उनले सँधैं नै पैचिङमा काम गरिरहेका छन्। उनी फु रून च्या युआन आवास समुदायमा सात वर्षसम्म बसेका छन्। स्वयं सेवी भएकोबारे चर्चा गर्दा अली भन्छन् "हाम्रो आवास क्षेत्रमा करीब एक सय जना विदेशी छन्। अहिले ३८ जना स्थायी रूपमा यहाँ बसेका छन्। ती विदेशीहरू अमेरिका, फ्रान्स, स्पेनआदि मुलुकहरूबाट आएका हुन्। यहाँका केही स्वयं सेवीहरूले विदेशी भाषा जानेका छैनन्। चिनियाँ भाषा बोल्ने एकजना विदेशीको रूपमा मैले उनीहरूसँग काम गर्नुपर्छ। मैले यहाँका विदेशी वासिन्दालाई महामारीको प्रतिरोध गर्ने सामान्य ज्ञानबारे जानकारी दिने आशा लिएको छु।"

चिनियाँ कम्युनिष्ट पार्टीको फु रून आवास समुदाय समितिका सचिव एवम् आवास क्षेत्रको वासिन्दा समितिका प्रमुख चाङ च्युन व्हाका आँखामा अलीजस्तै विदेशी स्वयं सेवीहरूले आवास समुदायको महामारी प्रतिरोध गर्ने कार्यबारे विशेष भूमिका निर्वाह गरेका छन्। उनी भन्छिन् "विदेशी साथीहरूको मनमा अलीजस्तै विदेशी स्वयं सेवीहरूको ठूलो प्रतिष्ठा छ। त्यसैले उनीहरू हाम्रो आवास समुदायमा स्वयंसेवी बनेबाट विदेशी साथीहरूलाई मद्दत दिनसक्छन्। महामारीको अवधिमा केही विदेशीहरूले सरकारको नीतिबारे जानकारी लिन सकेनन्। विदेशी स्वयं सेवकसेविकाले भाषाको अनुवाद, नीतिबारे अनुवाद गर्नसक्छन्। अरू विदेशीहरू सबैले उनीहरूबाट मायालुपन महसुस गरेका छन्।"

हाल अलीको मातृभूमि नाइजरलगायतका धेरै अफ्रिकी मुलुकहरूको सामु कोरोना भाइरस महामारी देखापरेको छ। अलीका आँखामा चीनले महामारी प्रतिरोध गर्ने सफल अनुभव विश्वमा प्रचार-प्रसार गर्नसकिन्छ। उनी भन्छन् "विभिन्न मुलुकले घनिष्ठ सहयोग र महामारीको अनुभव बाँड्नुपर्छ। हाल नाइजर, नाइजेरियालगायतका अफ्रिकी मुलुकहरूले चीनको महामारी प्रतिरोध कदम चाल्दैछन्। जस्तै भनौँ लकडाउन, नागरिक भेलाको निषेध आदि। चीनले ती क्षेत्रहरूमा विश्वका लागि नमूना सिर्जना गरेको छ।"

Share this story on

Messenger Pinterest LinkedIn