नेपाली

वुहानमा चिकित्सा फोहोरको व्यवस्थापन

CRIPublished: 2020-04-02 11:03:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कोभिड-१९ महामारी फैलिएपछि वुहानमा हरेक दिन धेरै मात्रामा फोहोर उत्पादन भइरहेको छ। ती प्रदूषित फोहोरको राम्रो व्यवस्थापन महामारीको रोकथाम तथा नियन्त्रणसँग प्रत्यक्ष सम्बन्धित छ।

हुपै प्रान्तीय वातावरण सुरक्षा व्यूरोको तथ्याङ्कका अनुसार, महामारीअघि वुहानमा हरेक दिन चिकित्सा फोहोर ४०/५०टन हुन्थ्यो। महामारी फैलिएपछि वुहानमा हरेक दिन चिकित्सा फोहोर फेब्रुअरी १६ सम्ममा १०० टन पुग्नुका साथै मार्च १ तारिखबाट २४७ टन पुगेको छ। यस अवस्थामा वुहानको चिकित्सा फोहोरको व्यवस्थापनमा स्पष्ट रूपमा समस्या देखिएको छ।

उक्त समस्याको समाधान गर्न राष्ट्रिय पर्यावरणीय वातावरण मन्त्रालय र स्थानीय चिकित्सा फोहोर व्यवस्थापन सुरक्षा विभागले वुहानका लागि १३ वटा प्रान्तहरूबाट १४० जना आकस्मिक व्यवसायिक कर्मचारीहरू, ३९ वटा मोबाइल उपकरणहरू र २२ वटा फोहोर उठाउने गाडीको व्यवस्था गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn