नेपाली

#आँखीझ्याल#चीन र इजिप्टको अन्तर्देशीय प्रेम कथा

CRIPublished: 2020-03-20 10:21:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०१८को एक दिन इजिप्टकी तान्नियाले आफ्नो सामाजिक सञ्जालमा एउटा फोटो सार्वजनिक गरिन्। फोटोमा तान्नियाले मुस्कान सहित हातमा चपस्टिक्स लिएकी थिइन्। यो फोटो कायरोमा रहेका चिनियाँ केटा मौ रुङ चद्वारा हेरियो। त्यहीँबाट चीन र इजिप्टबीचको प्रेम कथा शुरु भयो।

चीनको कान सु प्रान्तीय लान चौ शहरबाट आएका मौ रुङ च सन् २०१२मा विश्वविद्यालय अध्ययनका लागि इजिप्ट गए। विश्वविद्यालयबाट स्नातक भएपछि उनले इजिप्टमा रोजगारी पाए। हाल उनी चिनियाँ निर्माण समूहअन्तर्गत इजिप्ट शाखाको केन्द्रीय वाणिज्य क्षेत्र परियोजना निर्माण स्थलका एकजना अरबी भाषाका अनुवादक हुन्। उनले इजिप्टका मजदूरको व्यवस्थापन र समन्वय कार्यको जिम्मा लिन्छन्। उनी भन्छन्

"त्यो अवधि एक मौका थियो। मैले इन्टर्नेटमा उनले हातमा चपस्टिक्स लिइरहेको फोटो देखें। मलाई अचम लाग्यो। एकजना इजिप्टली केटीले चपस्टिक्स चलाउन जानेकी छिन् त? उनीसँग धेरै पटकसम्म कुराकानी गरेपछि हामी एकअर्कालाई सन्तोष लाग्यो।"

कायरोकी केटी तान्निया हाल विश्वविद्यालयमा पढ्दैछिन्। अग्लो र ह्यान्डसम चिनियाँ केटाबारे चर्चा गर्दा तान्निया भन्छिन् "विश्वविद्यालयमा मैले सामाजिक सेवा विषय पढेका कारण मैले मानिससँग कुराकानी गर्न मन पराउँछु। मौ रुङ चले मसँग पहिलो पटक कुराकानी गर्दा मलाई आकर्षित गरेका छन्।"

तान्नियाका अनुसार, उनी र मौ रुङ चले एकअर्कालाई चिनेदेखि विहे गरेसम्मको समय छोटो छ। दुई जनाको फरक देश, फरक भाषा छ। तान्नियाले चीन पुगेपछि श्रीमानको जन्मथलोको जीवन अनुसार अभ्यस्त हुनुपर्यो। तर दुई जनाबीच माया बसेको छ। तान्निया भन्छिन् "मैले एकजना चिनियाँ केटासँग विहे गर्ने विचार गरेको थिइन। यो प्रेम आकस्मिक र सुखमय हो।"

सन् २०१९ नोभेम्बर मौ रुङ च र तान्नियाले कायरोमा वैवाहिक समारोहको आयोजना गरेका थिए। मौ रुङ च भन्छन् "यो चीन र इजिप्टको संस्कृति मिश्रित विवाह समारोह थियो। किनभने विवाह समारोहमा चीनको विशेषता र इजिप्टको विशेषता समेटिएको थियो। जम्मा तीन सय जना हाम्रो वैवाहिक समारोहमा सहभागी भए"

मौ रुङ चसँग विहे गरेपछि तान्नियाले चीनमाथि ध्यान दिन थालेकी छिन्। उनमा चीन र चीनको सँस्कृतिबारे जानकारी लिने इच्छा छ। श्रीमान र र श्रीमानको परिवारका सदस्यसँग राम्रोसँग आदान-प्रदान गर्नका लागि तान्नियाले चिनियाँ भाषा र चिनियाँ खाना पकाउन थालेकी छिन्।

मौ रुङ चको कम्पनीले हाल निर्माण गरिरहेको केन्द्रीय वाणिज्य क्षेत्र परियोजना इजिप्टको नयाँ प्रशासनिक राजधानीको केन्द्रीय परियोजना हो। श्रीमानको कार्यबारे चर्चा गर्दा तान्नियालाई गौरब लाग्छ। उनी भन्छिन्

"इजिप्टको नयाँ प्रशासनिक राजधानी केन्द्रीय वाणिज्य क्षेत्र कायरोको पूर्वी क्षेत्रको एक नयाँ क्षेत्र हो। इजिप्टका सबै जनालाई यो नयाँ क्षेत्रको निर्माणबारेमा थाहा छ।"

Share this story on

Messenger Pinterest LinkedIn