नेपाली

अल्बानियाका स्वयं सेविका लु हाई यान

CRIPublished: 2020-03-13 09:33:12
Share
Share this with Close
Messenger Pinterest LinkedIn

महामारी देशको सिमानाविहीन हुन्छ। माया पनि उस्तै हुन्छ। अल्बानियाबाट आउने लु हाई यान "सिमानाविहीन" स्वयं सेविका हुन्। कोरोना भाइरस महामारी भएपछि उनी चिनियाँ पात्रोअनुसार नव वर्षको पहिलो दिन एक्सप्रेसको शुल्कद्वार अर्थात् टोलपछिको स्थानमा रहने स्वयं सेविका हुन्। उनी शाङहाईको फु थो क्षेत्रको महामारी रोकथाम तथा नियन्त्रण कार्यमा संलग्न भएकी छिन्। काम गर्दा लु हाई यानले प्रतिदिन सुरक्षा पोशाक लगाएर लगातार छ घण्टासम्म कुनै पनि खाना र पानी खाएकी हुँदिनन्। उनले शारीरिक तापक्रम मापन गर्न, गाडी र व्यक्तिको सूचनाको दर्ता गर्न निकै व्यस्त हुन्छिन्। उनले चाइना मिडिया ग्रुपका पत्रकारसँग अन्तर्वार्ता दिँदै महामारीको प्रतिरोध गर्न बिर्सन नसक्ने अनुभावबारे जानकारी दिइन्।

"नमस्ते। मेरो नाम लु हाई यान हो। म तिरानाबाट आएको हुँ। म शाङहाईमा बसोबास गर्छु। म चीनमा करीब बाह्र वर्ष बसेकी छु। शाङगहाई एक आधुनिक शहर हो। हरेक वर्षमा शाङहाईमा नयाँ परिवर्तन हुने गर्छ। म पनि पैचिङ, च च्याङ, नान चिङ, श्या मन गएको छु। ती ठाउँहरू पनि सुन्दर छन्।"

कोरोना भाइरस महामारी सार्वजनिक भएपछि लु हाई यान र परिवारका सदस्यले विभिन्न माध्यममार्फत सरकार र सम्बन्धित विभागद्वारा सार्वजनिक गरिएको कदमबारे जानकारी लिएकी र व्यक्तिगत सुरक्षा गरेकी छन्। लु हाई यान भन्छिन् "महामारी भएको शुरुमा हामीले टेलिभिजन र अरु सञ्चार-माध्यमबाट रोकथाम कदम र सम्बन्धित सूचनाबारे जानकारी लियौँ। इन्टर्नेट सबैभन्दा छिटो र सहुलियत माध्यम हो। आवास समुदायले प्रतिदिन हामीलाई बाहिर जाँदा मास्क लगाउन र हात धुन भनेको छ। यस बाहेक, सरकारले धेरै सुरक्षा कदम चालेको छ। मेरो विचारमा उनीहरूले धरै कार्य गरेका छन्।"

12全文共 2 页下一页

Share this story on

Messenger Pinterest LinkedIn