वसन्त ऋतुसँगै चीनका किसानहरू व्यस्त
मार्च वसन्त ऋतुको महिना हो। साथै यसबेला वायु पनि न्यानो हुन्छ। यसै महिनादेखि चीनका विभिन्न क्षेत्रका किसानहरू पनि खेतीपातीमा व्यस्त हुन्छन्। फूल फुल्ने यो ऋतु खेतीपातीका लागि उत्तम समय हो। त्यसैले चीनमा वसन्त ऋतुलाई वर्षको आरम्भ पनि भन्ने गरिन्छ।