नेपाली

काम पुनःशुरु गर्नका लागि वाणिज्य मन्त्रालयका कदमहरु

CRIPublished: 2020-02-27 15:10:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल चीनको वाणिज्य मन्त्रालयले बीस कदमहरु लागू गर्दै व्यवसाय र उत्पादनको पुनःसञ्चालनका लागि समर्थन दिएको छ। यी बीस कदमहरुमा विदेशी व्यापार,विदेशी पूँजी,उपभोग आदि क्षेत्र समेटिएका छन्।

वर्तमान नयाँ कोरोना भाइरस सङक्रमित निमोनिया प्रकोपको प्रतिरोध तथा नियन्त्रण काम निरन्तर रुपमा महत्वपूर्ण अवधिमा रहेको छ। यस महामारीको प्रारम्भिक अवधिमा कम्जोर रसद,कामको ढिलो थालनी आदि कारकतत्वका कारण यस महामारी प्रकोपले चीनको वैदेशिक व्यापारमा गम्भीर प्रभाव पार्ने धेरैको चिन्ता रहेको छ। यसप्रति वाणिज्य मन्त्रालयका वैदेशिक व्यापार विभागका प्रमुख ली सिङ छ्यानका अनुसार यस महामारी प्रकोपबाट ल्याइएको प्रभाव अस्थायी छ भने पूर्ण वर्षको आयात निर्यातका लागि आशावादी धारणा लिनसकिन्छ। विदेशबाट हेर्दा विदेशी माग समष्टिगत स्थिर छ। अन्तर्राष्ट्रिय मुद्रा कोष संगठनले चालू वर्षमा सारा विश्वको अर्थतन्त्रको वृद्धि ३.३ प्रतिशत हुने अनुमान गरेको छ भने सन्२०१९को तुलनामा २.९प्रतिशतले बढेको छ। स्वदेशबाट हेर्दा चीनको विदेशी व्यापार दीर्घकालीन राम्रो विकसित हुँदै गएको प्रवृत्तिमा कुनै परिवर्तन भएको छैन। व्यापारको नयाँ विकास शैली धुमधामसँग विकसित भैरहेको छ। विदेशी व्यापारलाई स्थिर बनाउने श्रृंखलावद्ध कदम लगातार रुपमा लागू गर्नुका साथै चीनको व्यापारको वाणिज्य वातावरण झन झन बढी सुधारिँदै जाने छ। महामारी प्रकोपको प्रतिरोध तथा नियन्त्रणमा नयाँ प्रगति पाउने साथै विदेशी व्यापारले पुनर्स्थापना वृद्धिको स्वागत गर्ने छ।

विदेशी व्यापारलाई स्थिर बनाउनुबाहेक विदेशी पूँजीको स्थिरता पनि यस महामारी प्रकोपको प्रतिरोध तथा नियन्त्रण कामको मुख्य विषय हो। सम्बन्धित तथ्याङ्क अनुसार चालू वर्षको जनवरीमा पूर्ण राष्ट्रले वास्तविक रुपमा प्रयोग गरेको विदेशी पूँजी गत वर्षको सोही अवधिको तुलनामा ४प्रतिशतले बढेको छ भने आधारभूत रुपमा गत वर्षदेखि यता आएको वृद्धि प्रवृत्तिलाई कायम राखेको देखिन्छ। तर पनि जनवरीमा विदेशी पूँजी भित्र्याइएको पैमाना गत वर्षको सोही अवधिको तुलनामा केही परिमाणमा घटेको छ। यसप्रति वाणिज्य मन्त्रालयका विदेशी पूँजी विभागका प्रमुख चुङ छाङ छिङका अनुसार गत जनवरीमा महामारी प्रकोपले चीनद्वारा विदेशी पूँजी भित्र्याइने गतिमा प्रभाव पार्न थालेको छ। फेब्रुअरी र मार्च र पहिलो त्रैमासिक अवधिमा उक्त प्रभाव अझ गम्भीर हुने छ। तापनि दीर्घकालीन र समष्टिगत दृष्ठिकोणबाट हेर्दा महामारी प्रकोपको प्रभाव अस्थायी छ भने धेरैजसो अन्तर्राष्ट्रिय कम्पनीले चीनमा लगानीको विश्वास र रणनीति परिवर्तन हुने छैन।

Share this story on

Messenger Pinterest LinkedIn