नेपाली

टर्कीकी खेलाडी कुराकुर्टद्वारा तीन पटक ओलम्पिक खेलकुदमा भाग लिने आशा

CRIPublished: 2020-02-17 09:25:36
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल टर्कीको महिला भलिबल टोलीले सन् २०२० मा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदको महिला भलिबल अन्तर्गत युरोपेली क्षेत्रको छनोट फाइनल प्रतियोगितामा ३ को विरुद्ध ० ले जर्मनी टोलीलाई पराजित गरी टोकियो ओलम्पिक खेलकुदका लागि युरोपेली क्षेत्रको अन्तिम हैसियत प्राप्त गरेको छ। २० वर्षीय इबरार कुराकुर्ट टर्की टोलीकी सबैभन्दा कान्छी खेलाडी हुन्।

चिनियाँ राष्ट्रिय महिला भलिबल टोलीकी क्यापटन चु थिङसँगै टर्कीको भाकिफ बैंक टोलीमा काम गरेका कारण चीनका भलिबल शौखिनहरुमध्ये कुराकुर्ट पनि परिचित छिन्। उनको छोटो कपाल केटाको जस्तै देखिएकाले चिनियाँ भलिबल शोखिनहरुले उनलाई "भाइ"को मायालु नामले बताउँछन्।

किशोरी कालदेखि टर्कीमा कुराकुर्ट प्रसिद्ध भएकी थिइन्। १७ वर्षको उमेरमा उनलाई टर्कीका प्रसिद्ध प्रशिक्षक गिओभानी गुइदेटीले भाकिफ बैंक टोलीमा छाने र उनले चु थिङ लगायत विश्वकी सर्वोच्च खेलाडीहरुसँग तालिम लिन र प्रतियोगितामा भाग लिन पाएकी थिइन्। उपयोगी वातावरणबाहेक, मिहिनेतपूर्वक तालिम लिई कुराकुर्टले प्रतियोगितामा रोचक प्रदर्शन गरी भाकिफ बैंक टोली तथा टर्कीको राष्ट्रिय महिला भलिबल टोलीमा सहयोगी दोस्रो पासरका लागि मुख्य खेलाडी बनेकी छिन्। सन् २०१९ मा आयोजित विश्व महिला भलिबल संयुक्त प्रतियोगिताको फाइनलमा १९ वर्षीय कुराकुर्टले "सबैभन्दा उत्कृष्ट सहयोगी दोस्रो पासर"को उपाधि प्राप्त गरिन्।

टोकियो ओलम्पिक खेलकुदको महिला भलिबल अन्तर्गत युरोपेली क्षेत्रको छनोट प्रतियोगिताबारे चर्चा गर्दै युरोपेली क्षेत्रमा बाँकी रहेको एउटा मात्र हैसियत प्राप्त गर्नका लागि टर्कीको महिला भलिबल टोलीले भ्याएसम्म तयारी गरी अन्त्यमा प्राप्त गरेकोमा आफूलाई एकदम खुसी लागेको कुराकुर्टले बताएकी छिन्,

२० वर्षको उमेरमा ओलम्पिक खेलकुदमा भाग लिन पाउनु हरेक खेलाडीका लागि संभव होइन। आगामी २४ वर्ष तथा २८ वर्षको उमेरमा निरन्तर रुपमा ओलम्पिक खेलकुदमा भाग लिनसक्ने आशा मैले राखेकी छु। निकै कम उमेरमा ओलम्पिक खेलकुदमा सहभागी भएकोमा मलाई निकै गौरव लागेको छ।

कुराकुर्टले सन् २०१५ को रिओ दि जेनेरो ओलम्पिक खेलकुदको महिला भलिबल अन्तर्गत युरोपेली क्षेत्रको छनोट प्रतियोगितामा टर्कीको टोलीलाई इटालीको टोलीले पराजित गरेको सम्झना गरिन्। त्यस बेलामा उनको उमेर १५ वर्ष मात्र थियो, तापनि टर्कीको टोलीले ओलम्पिक खेलकुदमा भाग लिने हैसियत हासिल गर्न नपाएकोमा उनलाई अफसोस लागेको थियो।

भलिबल खेलको अनुभवको पुन:रावलोकन गर्दा कुराकुर्टले धेरै व्यक्तिहरुले आफूलाई सहयोग गरेको भन्दै भाकिफ बैंक टोलीमा प्रवेश गरेपछि चिनियाँ खेलाडी चु थिङसँग तालिम लिनुका साथै प्रतियोगितामा भाग लिएको कुराबाट आफू लाभान्वित रहेको बताएकी छिन्।

चिनियाँ खेलाडी चु थिङले भाकिफ बैंक टोलीमा भाग लिएपछि यस टोलीमा धेरै परिवर्तन ल्याएकी छिन्। मैले उनीबाट धेरै कुरा सिकेकी छु। उनका आक्रमण तथा प्रतिरोध क्षमता वर्तमान विश्वको भलिबल क्षेत्रको सर्वोच्च स्तरमा पुगेको छ।

चिनियाँ राष्ट्रिय भलिबल टोलीलाई लक्षित गरी शुटिङ गरिएको चलचित्र "च्याम्पिएन"को अपेक्षामा कुराकुर्ट रहेकी छिन्।

आजकाल चिनियाँ राष्ट्रिय भलिबल टोलीबारे रहेको एउटा चलचित्र मैले थाहा पाएँ। सो चलचित्रमा लाङ फिङ, चु थिङ लगायत चिनियाँ प्रसिद्ध प्रशिक्षक तथा खेलाडी छन्।

कुराकुर्टले चु थिङको कारण चीनका विभिन्न कुराहरुबारे जानकारी लिएकी छिन्। विशेष गरी चीनमा आयोजित प्रतियोगिताको अवधिमा चु थिङले टर्कीका खेलाडीहरुलाई हट पट लगायत चिनियाँ खाना खुवाउनुभयो। चु थिङकी सहकर्मीको कारण उनले चिनियाँ भलिबल प्रेमीहरुको उत्साहको महसूस गरिन। केही चिनियाँ भलिबल फ्यानसले उनलाई उपहार प्रदान गरेका छन्। बसन्त चाड नजिकिँदै आएको बेलामा कुराकुर्टले चिनियाँ भाषामार्फत चिनियाँ भलिबल प्रेमीहरुलाई न्यानो अभिवादन गरेकी छिन्,

बसन्त चाडको शुभकामना।

Share this story on

Messenger Pinterest LinkedIn