नेपाली

हजारौँ वर्ष पुरानो गाउँ र नवपुस्ताका कलाकार बीचको भेट

CRIPublished: 2024-09-18 17:10:41
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चच्याङ प्रान्तमा अवस्थित् फूरौँ प्राचीन गाउँमा नयाँ कलाकारहरू गीत गाउँदै तथा बाजा बजाउँदै गरेका छन्। यो दृश्यले नजिकैको बस्ती र पर्यटकहरूलाई आकर्षित गरेको छ। कला दृश्य र ग्रामीण जीवनले एउटा विशेष सुन्दर दृश्य बनाएको छ।

सन् २०२० मा, नान्सी नदी पर्यटन आर्थिक विकास केन्द्रले“कलाकारहरू गाउँमा पुग्ने”योजना चालेपछि प्राचीन, रोमान्टिक र साँस्कृतिक वातावरण बनेको हो।

रिपोर्टहरूका अनुसार, फुरोङ प्राचीन गाउँ र छाङ्भ प्राचीन गाउँले ८० भन्दा बढी घरहरूको जीर्णोद्धार र स्तरोन्नती गरी उचित मूल्यमा यहाँ बस्न इच्छुक कलाकारहरूलाई भाडामा दिनेछ। यसका साथै, चिनियाँ परम्परागत शैली दृश्य राख्दै खाली ठाउँहरू नव पुस्ताका कलाकारहरूलाई सिर्जना गर्नका लागि राखिने छन्।

रमाइलो र सुविधाजनक वातावरण उपलब्ध भएपछि कलाकारहरू निरन्तरताका साथ सिर्जना गर्दैछन्। उक्त योजना शुरू भएदेखि २०० भन्दा बढी कलाकारहरू यहाँ बस्न, पर्यटन गर्न तथा सिर्जना गर्न आएका छन्। उनीहरूले यहाँको विकासका लागि बुद्धिमत्तामा समर्थन गरेका छन्। अघिल्ला वर्षहरूमा उनीहरूको योजनामा धेरै नयाँ, रोचक तथा आकर्षक गतिविधिहरू आयोजना गरिएका छन् जसबाट धेरै पर्यटकहरूले आनन्द उठाएका छन् र यहाँका बस्तीहरूमा लाभ र हित थपेको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn