नेपाली

सीएमजीको “लाल चिनियाँ” ८ के अल्ट्रा हाइ डेफिनिशन ओबी ट्रक पेरिसमा

CRIPublished: 2024-07-26 15:11:59
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समयको जुलाई २५ तारिखमा, पेरिसको फ्रान्सेली खेलकुद मैदानमा चाइना मिडिमा ग्रुपको “लाल चिनियाँ” ८ के अल्ट्राहाइ डेफिनिशन ओबी ट्रकका उपकरण तयारी र प्रसारण प्रणालीको प्रविधि कार्यहरू पूरा भएका छन्। यी तयारीलाई खेलकुदका कार्यक्रमहरू बनाउने टोलीले औपचारिक रूपमा प्रयोग गर्नेछन्। टोकियो ओलम्पिक खेलकुद प्रतियोगितापछि यस पटक सीएमजीको “लाल चिनियाँ” ओबी ट्रकले दोस्रो पटक विदेशी ओबीएसका लागि प्रसारण प्रविधिको संरक्षण कार्य प्रदान गर्दैछ। र यो पहिलो पटक ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताका लागि ८ के सार्वजनिक सङ्केतबाट प्रसारण हुन लागेको हो।

सोही दिन, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति प्रसार विभागका उपनिर्देशक तथा सीएमजीका प्रमुख शन हाइ स्योङले फ्रान्सेली खेलकुद मैदानमा “लाल चिनियाँ” ८ के अल्ट्रा हाइडेफिनिशन ओबी ट्रकको विभिन्न कार्यको तयारीको निरीक्षण गर्नुभएको छ। यो ओबी ट्रक पेरिसमा पुगेदेखि विभिन्न देशहरूका सञ्चारकर्मीहरू र सामाजिक मिडिमाहरूलाई आकर्षित गरेको छ। पेरिसमा बसेका चिनियाँ नागरिक र हङकङ, मकाउ र ताइवानका स्वदेशीहरूले खुशी र सगर्व महसुस् व्यक्त गरेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn