नेपाली

देश तथा विदेशमा प्रशंसा पाएको सीएमजीको“सन् २०२४ लालटिन पर्व गाला”

CRIPublished: 2024-02-26 14:47:11
Share
Share this with Close
Messenger Pinterest LinkedIn

भर्खरै, चीनका सबै क्षेत्रहरूमा पुनर्मिलनकालागि हजारौँ परिवारहरूले लालटिन पर्व मनाएका छन्। यसका साथै फेबअरी २४ तारिख सीएमजीको“सन् २०२४ लालटिन पर्व गाला”को प्रसारण गरिएको छ। आनन्दमय, भव्य तथा रमाइलो गालाले बनाएको नयाँ, ताजा र न्यानो सांस्कृतिक स्वादले स्वदेश र विदेशबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ।

सम्बन्धित तथ्याङ्क अनुसार, फेबअरी २५ तारिख ८ बजेसम्म सीएमजीको लालटिन पर्व गालाको अन्तरमिडिया प्रत्यक्ष प्रसारणको दर्शकको संख्या ३५ करोड ३० लाख पुगेको छ र टिभी टर्मिनलको दर्शकको संख्या १३ करोड ९० लाख पुगेको छ। यी दुवै तथ्याङ्क गत वर्षको तुलनामा बढेका छन्। यसका साथै,सामाजिक मिडियामा लालटिन गालासम्बन्धित विषयको चर्चा संख्या २० अर्ब ९९ करोड पुगेको छ र इन्टरनेटमा १४० वटा सम्बन्धित विषय देखाइएको छ। लालटिन पर्व गालाको भिडियोहरू नयाँ मिडियम टर्मिनलमा खोलिएको संख्या २५ करोड नाघेको छ।

क्रस बोर्डर मिश्रित रचना नव चिनियाँ राष्ट्रिय प्रचलनले अनगिन्ती प्रशंसकहरू पाएका छन्। साथै, “चन्द्रमालाई पछ्याउने रङ्गीन बादल” गीतलाई क्वाङ तोङ प्रान्तको स्थानीय ओपेरा र क्वाङ तोङको प्रचलित सङ्गीत शैली मिलाएर चीनको प्राचीन तारबाजा, बाँसुरी र भायोलिनको आवाजमा व्यालेसँग एकीकृत गरिएको छ र क्लासिक मेलोडीको आकर्षण दोब्बर भएको छ।

सीएमजी अन्तर्राष्ट्रिय भिडियो एजेन्सीले विश्वभरिका मिडियाहरूलाई चिनियाँ लालटिन पर्व गालाका १८ वटा उत्तम कार्यक्रमहरू र समाचारहरू तथा ८०भन्दा बढी बहुभाषिक समाचार पठाएको छ। बीबीसी, इटालियन प्रसारण कम्पनी, अखिल रुसी टेलिभिजन प्रसारण कम्पनी, स्पेनिश प्रसारण कम्पनी र ब्राजिलियन टिभी स्टेशन लगायत १३ देशहरू र क्षेत्रहरूका १८ वटा टिभी स्टेशन र नयाँ मिडिया प्ल्याटफोर्ममा उक्त सामग्रीहरू राखिएका छन्। सीएमजीको चिनियाँ अन्तर्राष्ट्रिय टिभी स्टेशनले ६८ भाषाद्वारा प्रसालन गरेको लालटिन पर्व सम्बन्धित समाचारको संख्या १२१० वटा छ जसलाई विश्वभरि पढ्नेको संख्या १७ करोड पुगेको छ।

चिनियाँ वर्षको वातावरण भरिएको “सन् २०२४ लालटिन पर्व गाला” भिडियो अमेरिका, इटाली, रूस, दक्षिण अफ्रिका, ब्राजिल र संयुक्त अरब इमिरेटस् लगायतका १७ वटा देशहरूका २५ वटा शहरहरूका २६७२ वटा सार्वजनिक स्क्रिन र सिनेमा स्क्रिनमा देखाइएको छ। उक्त भिडियो चीनको हङकङको भिक्टोरिया हार्बर र मकाउको मकाउ पर्यटक टावरका साथै १५६ वटा स्क्रिनमा देखाइएको छ।

Share this story on

Messenger Pinterest LinkedIn