नेपाली

दक्षिण अफ्रिकाको मण्डेला स्क्वेयरमा देखाइयो सीएमजी वसन्त पर्व गाला प्रचारात्मक भिडियो

CRIPublished: 2024-02-07 11:14:41
Share
Share this with Close
Messenger Pinterest LinkedIn

फेब्रअरी ४ तारिख, “वसन्त पर्व गालाको शुभारम्भ” उल्लासमय वसन्त पर्वको चम्किलो गतिविधि दक्षिण अफ्रिकाको मण्डेला स्क्वेयरमा शुरु भएको छ। साथै, मण्डेला स्क्वेयरमा चाइना मिडिया ग्रुप सीएमजी वसन्त पर्व गाला प्रचारात्मक भिडियो पनि प्रसारण गरिएको छ जुन सीएमजीको वसन्त पर्व गालासम्बन्धित् गतिविधिहरू र प्रचारात्मक भिडियो दक्षिण अफ्रिकामा शुरु भएको प्रतीक हो। उक्त भिडियोले धेरैलाई आकर्षित गरेको छ। साथै ३ लाख भन्दा बढी चिनियाँहरू बसोबास गर्ने दक्षिण अफ्रिकामा वसन्त चाडको स्वाद पनि पुर्याइएको छ।

उक्त गतिविधिको अवसरमा चिनियाँ लिपिको विशेष आकर्षण देखिएको छ। “वसन्त पर्व गालाको शुभारम्भ” र “ड्र्यागन”को लिपिले समेत नयाँ वसन्तको स्वाद पुर्याएको छ।

चिनियाँ संस्कृतिका साथै चिनियाँ अल्पसंख्यक जातिका परम्परागत पोशाकले झनै आकर्षण बढाएको छ। चीन र दक्षिण अफ्रिकाका युवाहरूले विशेष पोशाकमा सज्जिएर वसन्त पर्व गालाको प्रचारात्मक भिडियोको साथमा उल्लासमय वातावरणमा नाचगान गरेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn