अमेरिकाको सिनेमाघरमा देखाइयो चाइना मिडिया ग्रुपको चिनियाँ वसन्त चाड गाला प्रचारात्मक भिडियो
एएमसी सिनेमाघर सन् १९२० मा शुरू भएको हो। यो सिनेमाघर विश्वमा नै सबैभन्दा ठूलो सिनेमाघर समूहको रूपमा प्रसिद्ध छ साथै अमेरिकाको चलचित्र बजारमा सबैभन्दा ठूलो बजार अंश पनि ओगटेको छ। एएमसी सिनेमाले बोस्टन, ह्युस्टन र ड्यालस् लगायतका शहरहरूमा पहिलोपटक चिनियाँ वसन्त पर्व प्रचारात्मक भिडियो प्रदर्शन गर्नेछ जसबाट चाइना मिडिया ग्रुपद्वारा निर्मित वसन्त पर्व गालाको प्रभाव धेरैभन्दा धेरै अमेरिकी दर्शकहरू पुग्ने देखिन्छ।