नेपाली

चाइना मिडिया ग्रुपको "२०२४ वसन्त पर्व गाला" को तेस्रो पूर्वाभ्यास

CRIPublished: 2024-01-29 14:58:06
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जनवरी २८ तारिख, चाइना मिडिया ग्रुपद्वारा आयोजना गरिने "२०२४ वसन्त पर्व गाला" को तेस्रो पूर्वाभ्यास सफलतापूर्वक सम्पन्न भएको छ। चिनियाँ परम्परागत सांस्कृतिक तत्वहरूबाट सिर्जना गरिएका विविध कार्यक्रमहरू समाविष्ट चालु वर्षको वसन्त पर्व गालाले विश्वभरिका चिनियाँ मानिसहरूलाई न्यानो वसन्त पर्वको कामना व्यक्त गर्नुका साथै खुशी जीवनप्रति चिनियाँ जनताको विश्वास पनि दर्शाउँछ।

कार्यक्रम टोलीले सिर्जना गरेको रचनात्मक चिनियाँ नयाँ वर्ष कार्यक्रमले समृद्ध र विविध चिनियाँ खाद्य संस्कृति प्रदर्शन गर्ने छ साथै ड्र्यागनको वर्षमा बम्पर बाली भित्र्याइने र नयाँ राम्रो अवस्थाको रचनालगायतका असल कामनाहरू हुने छन्। परम्परागत “पा त्वान चिन” को रचनात्मक प्रदर्शनबाट दर्शकहरूलाई सुस्वास्थ्य र सौभाग्यको कामना पनि गरिने छ।

कार्यक्रममा नयाँ वर्षको शुभकामनाको आदानप्रदान हुने छ जसबाट थप जीवन स्वाद देख्नपाइने छ। वसन्त चाड गाला कार्यक्रम टोलीले हजारौँ मेहनती र सुखी जीवन बिताउन चाहने हजारौँ मानिसहरूलाई न्यानो निमन्त्रणा पठाउने छ।

साथै, चाइना मिडिया ग्रुपद्वारा आयोजित विश्वभरी संयुक्त रूपमा “वसन्त पर्व गाला” हेर्ने कार्यक्रम जनवरी २६ तारिख अमेरिकाको न्यु योर्कमा सम्पन्न भएको छ। त्यसपछि स्वीजरल्याण्ड, केन्यालगायतका देशहरूमा पनि आयोजना गरिने छ जसबाट विश्वभरिका मानिसहरूले संयुक्त रूपमा उल्लासमय चिनियाँ वसन्त चाड र चिनियाँ परम्परागत संस्कृतिको आकर्षणको अनुभव गर्ने तथा वसन्त पर्व गालालाई विश्वले चीन र चिनियाँ जान्ने साँस्कृतिक कार्ड बन्ने छ।

चाइना मिडिया ग्रुपद्वारा आयोजना गरिने “सन् २०२४ वसन्त चाडको साङ्गीतिक गाला” ले विभिन्न विविध कार्यक्रमहरूको प्रदर्शन गरेर उल्लास तथा मङ्गलमय “नयाँ वर्ष उत्सव” मनाउने छ।

Share this story on

Messenger Pinterest LinkedIn