नेपाली

चीनको सी जेड- ७ ए रकेटबाट सच्येन नम्बर २३ उपग्रहलाई अन्तरिक्षमा पठाइएको

criPublished: 2023-01-09 10:57:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जनवरी ९ तारिख बिहान ६ बजे, चीनको वनछाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट चीनको सी जेड- ७ ए ढुवानी रकेटमार्फत् सफलताका साथ सच्येन नम्बर २३ उपग्रहलाई नियमित ट्र्याकमा पठाइएको छ। उक्त उपग्रह मुख्य रूपमा वैज्ञानिक परीक्षणमा प्रयोग गरिने छ। योसँगै सन् २०२३ को चिनियाँ अन्तरिक्ष प्रक्षेपणको पहिलो कार्यभार सफल भएको छ।

सी जेड- ७ ए रकेट चीनको नयाँ मध्य आकारको ढुवानी रकेट हो। हाल चीनको उच्च ट्र्याकमा उपग्रह पठाउने आवश्यकता निरन्तर वृद्धि भएकोले सी जेड- ७ ए रकेटको उत्पादनमा पनि वृद्धि भएको छ। हाल वार्षिक ४ देखि ६ वटासम्म सी जेड- ७ ए रकेटको उत्पादन भइरहेको छ। सन् २०२५ मा वार्षिक ८ देखि १० वटासम्मको उत्पादन हुने अनुमान छ।

Share this story on

Messenger Pinterest LinkedIn