नेपाली

ऐतिहासिक विवरण-2

criPublished: 2022-12-28 15:58:05
Share
Share this with Close
Messenger Pinterest LinkedIn

साहित्यिक दृष्टिबाट हेर्दा [ऐतिहासिक विवरण] भन्ने किताब निकै मूल्यवान् छ भने त्यस किताबमा कलात्मक शैलीद्बारा वास्तविक ऐतिहासिक सामग्रीको प्रयोग गरी विभिन्न स्वभाव र चरित्रका धेरै मानिसहरुका रुप-आकृतिको बयान गर्नेतर्फ निकै सफल भएको वताइएको छ। उदाहरण होः त्यस किताबमा शासकको शोषणलाई झेल्न नसकी विद्रोह गरेका साधारण मानिस, महात्वाकांक्षा लिएर ठूलो कार्य गरेका वीर, अधिकार र शक्तिको वास्ता नगरी आँटिलो भएर दुर्बलहरुलाई सहायता गर्ने साहसी व्यक्तिहरु, सधैं नै विजय पाउने निकै पराक्रमपूर्ण जनरल र मार्शल, ज्यानमारा, बुद्धिमत्तापूर्ण व्यक्ति, पैसावाला, शत्रु पक्षका विधवा तथा पोइल गएका महिलाहरुलाई सहानुभूति देखाउने गरी विभिन्न तह र दर्जाका मानिसहरु बारे बयान गरिएको थियो। ती असाधारण मानिसहरुको बयानले नै त्यस किताबको विचित्रता र महत्व देखाइएको थियो।

सरल र जीउँदो-जाग्दो शैलीमा लेखिएको त्यस किताबले नाटकको दृश्य बयान गरे जस्तै पाठकहरुलाई निकै आकर्षित गरेको थियो । त्यस किताबलाई पहिलेदेखि नै चीनको [प्राचीन भाषा]मा उल्लेखनीय सफलताका रुपमा ठानिआएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn