नेपाली

छिङ्ग राजवंश-2

criPublished: 2022-11-30 08:56:43
Share
Share this with Close
Messenger Pinterest LinkedIn

छिङ्ग राजवंशका राजा छ्यान लुङको शासन कालको मध्य कालमा चुनकर जन-जातिको कर्तान पृथकतावादी शक्ति तथा ह्वै जातिका दुइवटा ह चो शक्तिको विद्रोहलाई समाप्त पारी सिन्च्याङलाई एकीकृत पारे। त्यसपछि उनले श्रंखलाबद्ध नीति लागू गरी सिन्च्याङको क्षेत्रीय अर्थतन्त्र, सँस्कृति तथा यातायातको विकसित पारे।

छिङ्ग राजवंशका राजा दाउ क्वाङको शासन कालसम्म चीनको सँस्कृतिको क्षेत्रमा प्रशस्त्र उपलब्धि हासिल भएको थियो। त्यस बेला, वाङ फु च, ह्वाङ चुङ सी, कु यान कु तथा दाइ चन आदि वरिष्ठ विचारक तथा छयाउ स्वे छिन, ऊ चीन च, खोङ शाङ रन तथा श थाऊ आदि प्रसिद्ध साहित्यकार पनि देखा परे। इतिहास क्षेत्रमा पनि धेरै उपलब्धि प्राप्त भयो। विज्ञानको क्षेत्रले पनि उल्लेख्य फल प्राप्त गरेको थियो। तीमध्ये भवन निर्माण क्षेत्रमा प्राप्त उपलब्धि निकै ठूलो देखिन्थ्यो।

छिङ्ग राजवंशको अर्थ व्यवस्था खासगरी कृषिमा आधारित थियो। सँस्कृति तथा विचारधाराका सम्बन्धमा कुरा गर्दा त्यो सामन्तवादी परम्परामा आधारित थियो। लेखमा शासन विरोधी केही कुरा गरेमा झ्यालखानामा राखिन्थ्यो। लामो समयसम्म वैदेशिक सम्पर्क नभए तापनि छिङ्ग राजवंशका प्रशासकहरु विनाकारण गौरव गर्थे।

छिङ्ग राजवंशको मध्य कालदेखि समाजमा विभिन्न अन्तर्विरोध दिनप्रतिदिन चर्कंदै गए। छिङ्ग विरोधी संघर्ष निरन्तर रुपमा देखा पर्नथाले। तीमध्ये वाइ ल्यान च्याउ धर्मावलम्बीहरुको विद्रोहले छिङ्ग राज वंशको शासनको स्वर्ण काललाई अन्त्य गर्‍यो।

सन 1840मा भएको अफिम युद्ध तथा त्यसपछि साम्राज्यबादको आक्रणले छिङ्ग राजवंशको शासन तथा अतिक्रमणकारी बीच क्रमशः सम्पन्न भएका श्रृंखलाबद्ध असमान सन्धिले चीनको भूमिलाई उनीहरुको हातमा पार्नुका साथै बन्दरगाहरु पनि उनीहरुका लागि खुला गरिए। चीन अर्ध-सामन्तवादी औपनिवेशिक समाज बन्यो। छिङ्ग राजवंशको अन्तमा राजनैतिक क्षेत्रमा व्यापक भ्रष्टाचारको अवस्था देखापर्‍यो। त्यति बेलाका मानिसहरुको विचार त्यति खुला थिएन। सर्वसाधारणहरु कमजोर पनि थिए। यसले गर्दा छिङ्ग राजवंश कमजोर स्थितिमा पुग्यो। छिङ्ग राजवंशको शासनलाई बचाउनका लागि शासन-क्षेत्रमा याङ्ग ऊ आन्दोलन, ऊ स्यु कानूनी सुधार आदि केही सुधार गरिए। तर ती सुधारले त्यो शासनलाई बचाउन सकेनन। प्रशस्त देशप्रेमीहरुले चिनियाँ राष्ट्रलाई संकटबाट जोगाउन संघर्ष गरे। सन् 1911मा सिन्हाइ क्रान्ति उत्पन्न भई छिङ्ग राजवंशलाई नष्ट पार्‍यो। त्यस बेला दुइ हजार वर्षभन्दा बढी समयसम्म चीनमा राज्य गरेको सामन्तवादी राज्य व्यवस्थाको अन्त्य भयो अनि चीनको इतिहासले नयाँ चरणमा प्रवेश गर्‍यो।

Share this story on

Messenger Pinterest LinkedIn