नेपाली

कतार विश्वकपमा प्रशस्त प्राविधिक तत्वहरू देखिन्छन्

criPublished: 2022-11-23 14:33:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कतार विश्वकपमा खेलाडीहरूले खेलमैदानमा अद्भुत खेल प्रदर्शन गर्नुबाहेक प्रशस्त प्राविधिक तत्वहरूले पनि विश्वलाई आकर्षित गरेको छ। यी मध्ये धेरै प्रविधिहरू विश्वकपमा पहिलो पटक प्रयोग गरिएका छन्।

कतारमा उष्णप्रदेश मरूभूमीय मौसम भएकोले विश्वकप हिउँद ऋतुमा सञ्चालन गरिए तापनि निकै गर्मी छ। त्यसैले यस विश्वकप आयोजना गरिएका ७ फुटबल मैदानहरूमा चिसो बनाउने प्रणालीको स्थापना गरिएको छ। यी प्रणालीले खेलाडी र दर्शकलाई शीतलता दिनुका साथै खेलमैदानको घाँस तथा वातावरणका लागि पनि राम्रो भएको छ।

यस विश्वकपको खेलमैदानमा धेरै क्यामेरा र प्राविधिक उपकरणहरू राखेर रेफ्रीलाई धेरै सुविधा दिइएको छ। यसका साथै यस विश्वकपको फुटबल पनि फरक छ। यसको वजन हल्का भएकोले आकाशमा द्रुत गतिले उड्न सक्छ।

यस विश्वकपले नेत्रहीन दर्शकलाई समेत विशेष सेवा प्रदान गरेको छ। एउटा बोनोकल नामक मनोरञ्जन चौतारोले विश्वकप प्रतियोगिताको सूचनालाई ब्रेल लिपीमा रूपान्तरण गरी नेत्रहीन दर्शकलाई उक्त चौतारोमार्फत विश्वकपको आनन्द तथा लाभ उठाउन सहयोग गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn