नेपाली

स्ट्राल्सुङड कम्फ्यूसियस इन्स्टिट्यूटद्वारा चिनियाँ भाषा र चिनियाँ परम्परागत चिकित्साको प्रचार-प्रसार

criPublished: 2022-11-11 09:11:35
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०१६ को अगष्टमा जर्मनीको स्ट्राल्सुङड प्रयोग विज्ञान विश्वविद्यालय र आन व्हैको ह फै विश्वविद्यालयले स्ट्राल्सुङड कम्फ्यूसियस इन्स्टिट्यूटको संयुक्त रुपमा स्थापना गर्न सहयोग गरेका थिए। जर्मनीका तत्कालीन चान्सलर मर्केलले यो कम्फ्यूसियस इन्स्टिट्यूटको उद्घाटन गर्नुभएको थियो। मर्केलले सोही दिन सम्बोधन गर्दै कम्फ्यूसियस इन्स्टिट्यूटले दुई मुलुकको सँस्कृति र मानवको आदान-प्रदानका लागि महत्वपूर्ण पुल उपलब्ध गराउनसक्ने आशा व्यक्त गर्नुभयो।

स्ट्राल्सुङड कम्फ्यूसियस इन्स्टिट्यूटले जमर्नीमा चिनियाँ भाषाको प्रचार-प्रसार गरेबाहेक, चीनको परम्परागत चिकित्साको प्रचार-प्रसार गरेको छ।

स्ट्राल्सुङड कम्फ्यूसियस इन्स्टिट्यूटका चिनियाँ निर्देशक सुन चेनआनले सन् १९८६मा जर्मनीमा एक वर्षसम्म अध्ययन गर्नुभएको थियो। उहाँको विचारमा अन्तर्राष्ट्रिय आदान-प्रदान दुई पक्षले एक अर्कालाई जानकारी लिनका लागि हितकर छ। उहाँ भन्नुहुन्छ “आदान-प्रदान क्रममा मेरो अनुभव यस्तो छ, पहिले जर्मनीले हामीसँग सहयोग गर्दा जर्मनीले हामीलाई निर्माण गर्न मद्दत दिने महसूस लिएँ। हामीसँग दश वर्षसम्म सहयोग गरेपछि सबै प्राध्यापकहरू, जर्मनीका विद्यार्थीहरूको एक साझा धारणा रहेको छ। जर्मनीले चीनसँग सहयोग र आदान-प्रदान गर्दा जर्मनीले चीनका लागि धेरै योगदान दिने महसूस लिएन। उनीहरूले चीनसँग धेरै सिकेका छन्। यसबाट हेर्दा अन्तर्राष्ट्रिय आदान-प्रदानको ठूलो अर्थ छ।”

सुन चेनआनको विचारमा जर्मनीका मानिसहरूले चीनको भ्रमण गरेपछि चीनको प्रगति र खुलापनबारे जानकारी दिएका छन्। त्यसैले कम्फ्यूसियस इन्स्टिट्यूटले जर्मनीमा चीनबारे जानकारी दिन, चिनियाँ भाषाको प्रचार-प्रसार गर्न, चीनप्रति सर्वसाधारणको चासो प्रोत्साहन गर्न आवश्यक छ। स्ट्राल्सुङड कम्फ्यूसियस इन्स्टिट्यूटले जर्मनीका युवायुवतीले चीनबारे जानकारी लिन महत्व दिन्छ। निर्देशक सुन भन्नुहुन्छ “हाम्रो कम्फ्यूसियस इन्स्टिट्यूटको स्थापना भएपछि हामीले विद्यार्थीहरूलाई चीनको भ्रमण गर्न पठाउने गर्दछौं। जर्मनीका विद्यार्थीहरूले चीनको भ्रमण गरेपछि चीनको द्रुत विकास, चीनको नयाँ प्रविधिको प्रयोगप्रति उनीहरूलाई अचम्म लाग्यो। चीनको भ्रमणपछि जर्मनीका विद्यार्थीहरूले चीनबारे जानकारी लिन थाले। हामीले पनि माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई गृष्म क्याम्पमा सहभागी हुन पठाउने गर्दछौं।”

स्ट्राल्सुङड कम्फ्यूसियस इन्स्टिट्यूटले चीन र जर्मनीबीको मानव र सँस्कृतिको आदान-प्रदान क्षेत्रमा भूमिका निर्वाह गरेको छ। निर्देशक सुनले दुई मुलुकको लोक आदान-प्रदान निरन्तर रुपमा गहिरो हुने अपेक्षा व्यक्त गर्नुभयो। सुन भन्नुहुन्छ “विदेशमा बस्ने, साँस्कृतिक आदान-प्रदानसम्बन्धी काम गर्ने व्यक्तिको हैसियतमा हामीले जनताको जीवन राम्रो बन्ने, हाम्रो मातृभूमिले समृद्ध बनाउने र मानवको शान्ति प्रक्रियामा ठूलो भूमिका निर्वाह गर्ने शुभकामना दिनचाहन्छु। यसका साथै हामीले चीन र जर्मनीका जनताहरूबीचको मित्रता गहिरो हुने अपेक्षा गर्छु।”

Share this story on

Messenger Pinterest LinkedIn