नेपाली

मीङ राजवंश-1

criPublished: 2022-11-09 09:07:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् 1368 मा चु युआन चाङले नान् चीङ शहरमा राज्यारोहण गरी मिङ राजवंशको स्थापना गरे। त्यस बेलादेखि उनलाई मिङ थाइ चु भनिन्छ। मिङ थाइ चुले राज्यरोहण गरेको 31सौं वर्षमा उनले सामन्ती एकतन्त्रीय केन्द्रीय अधिकारलाई मजबूत पारी पहिले उपलब्धि हासिल गरेका तर आफूसँग फरक विचार भएका मन्त्रीहरुलाई मारे जसबाट आफ्नो अधिकार मजबुत पार्नुका साथै आफ्ना विरोधी शक्तिमाथि दवाउ दिन उनि सक्षम भए। मिङ थाइ चु अर्थात् चु युआन चाङको स्वर्गे भएपछि उनका नाती राजा च्यान वनले राज्यारोहण गरे। तर पछि च्यान वनका आफ्ना काका लीले उनलाई पराजित गरे। राज्यारोहणपछि चु लीलाई मिन छङ चु भनिन्छ। सन 1421मा उनले आफ्नो राजधानीलाई नान् चीङबाट पैचिङ्गमा सारेका थिए।

मिङ राजवंश कालमा केन्द्रीय अधिकारलाई मजबूत पारे तापनि केही राजाहरुले एकदमै स्वार्थी अथवा कम उमेरका भएकाले तिनीहरुले देशको मामिलामा खासै ध्यान दिएनन। त्यसैले मुलुकको वास्तविक अधिकार उनका वरिपरिका मानिसहरुको हातमा पुगेको थियो। ती मानिसहरुले भ्रष्टाचार गरेर इमान्दार मन्त्रीहरुमाथि आरोप लगाएका थिए। त्यसले गर्दा सम्पूर्ण देशमा सामाजिक अन्तर्विरोध सशक्त हुदैगएको थियो। मिङ राजवंश कालमा धेरै पटक कृषकहरुले विद्रोह गरे तर उनीहरुलाई दबाइयो।

मिङ राजवंश कालमा एकजना प्रसिद्ध राजनीतिज्ञ थिए। उनको नाम चाङ च्यु चङ हो। उनले सामाजिक अन्तर्विरोधलाई कम पारी मिङ राजवंशलाई बचाउनका लागि केही सुधार गरे। उनको सुधारले सर्वसाधारण जनताको कठीनाइलाई केही मात्रामा कम पार्‍यो।

मिङ राजवंश कालमा कृषि क्षेत्रमा पहिलेको तुलनानमा बढि विकास भएको थियो। त्यति बेला घर बुना कपडा बनाउने व्यवसाय, माटाका भाँडा बनाउने व्यवसाय निकै विकसित भइसकेको थियो। त्यति बेला फलाम, कागज बनाउने, डुंगा बनाउने आदि पेशा पनि धेरै विकसित भएका थिए। वैदेशिक आर्थिक तथा व्यापारिक आदान-प्रदान पनि निकै बढेको थियो। चङ ह नामका समुद्र-यात्री जम्मा सात पटक विदेशको भ्रमणमा गएका थिए। उनको यात्रामा एशियाली तथा अफ्रीकी गरी जम्मा तीसभन्दा बढी मुलुक समावेश थिए। तर मिङ राजवंशको मध्य कालदेखि जापान, स्पेन, पोर्चुगल तथा हल्याण्ड आदि देशले चीनमाथि आक्रमण गरे।

Share this story on

Messenger Pinterest LinkedIn