नेपाली

सोङ राजवंश-2

criPublished: 2022-11-02 08:52:49
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सोङ राजवंशमा वैज्ञानिक क्षेत्रमा प्राप्त उपलब्धि निकै ठूलो थियो। दिशा छुट्याउने यन्त्र कम्पस् , छाप्ने प्रविधि तथा विस्फोटक वस्तु यी तीनवटा क्षेत्रको विकास निरन्तर रुपमा हुदैगयो। तीमध्ये पी शङले सिर्जना गरेका अलग-अलग अक्षर सार्नसकिने छाप्ने प्रविधि यूरोपमा विकसित यस्तै प्रविधिभन्दा चार सय वर्ष पूरानो थियो। सोङ युले विश्वमा पहिलो खगोल-विज्ञान सम्बन्धी घडी— युङ युन यी स्याङ थाइको सिर्जना गरे। शन खोले लेखेको “मन सि पी थान”ले वैज्ञानिक प्रविधिको इतिहासमा उल्लेखनीय स्थान औगटेको छ।

ताउ धर्म, वौद्ध धर्म तथा विदेशबाट भित्रिएका धर्महरु प्रचलित देखिन्थे। पै सोङ राजवंश कालमा औ याङ स्यौले “सिन थाङ शु” लेखी चीनको इतिहासमा थाङ राजवंशको इतिहासलाई अमर बनाउन ठूलो योगदान गरे। स मा क्वाङले लेखेको “च च थुङ च्यान” नामको किताब इतिहास वमोजिम लेखिएको किताबको नमूना बन्यो। साँस्कृतिक क्षेत्रमा औ याङ स्यौ, सु श आदि गद्य साहित्यकार देखापरे। सोङ च अर्थात् सोड राजवंशमा देखापरेको एक किसिमको कविता हो। (यस्ता कविताहरुको हरेक लाइनमा लेखिएका अक्षरको संख्या एउटै हुन्छ र छन्दोबद्ध हुन्छ) त्यस बेला, सोङ चले सँस्कृतिको विकासलाई शिखरमा पुर्‍याइएको थियो। त्यति बेला आन शु, लीउ यौ, चौ पाङ यान, ली छीङ चाउ तथा सिन छी ची आदि कविहरु देखा परे। सोङ राजवंश तथा जीन राज्यको शासन कालमा ओपेरा पनि निकै प्रचलित थियो। त्यस बेला मुख्यः पर्वत-पहाड, फूल तथा चराहरुलाई आधारित बनाइएको चित्र निकै प्रसिद्ध थिए। प्रसिद्ध चित्रकार चाङ च तुआनले बनाएको “छिङ्ग मिङ्ग शान ह थु” चीनको चित्रको इतिहासमा उल्लेखनीय चित्र हो।

Share this story on

Messenger Pinterest LinkedIn