नेपाली

चिङ सिङमा भएको लडाइँ सम्बन्धी कथा-2

criPublished: 2022-02-23 16:22:43
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गत साता पहिलो भाग राखिएको लेखको बाकी भाग। पहिलो भागको लिङ्क:दुबै सेनाको संख्यामा ठूलो अन्तर रहेकाले यदि अगाडिबाट जबर्जस्ती हमला गर्ने हो भने अवश्य हार खाने कुरा हान सिङलाई राम्ररी थाहा छ। उनले शुरुमा त चिङ सिङ खोंचदेखि निकै टाढा रहेको ठाउँमा आफ्नो सेनाको छाउनी बनाए र यस क्रममा भू-रचना तथा भौगोलिक स्थितिका साथै चाओ सेनाको बन्दोबस्त बारे बारम्बार अनुसन्धान गरे। चाओ सेनाका कमाण्डर छन यूद्बारा विपक्षी सेनालाई नगण्य दृष्टिले हेरेर चाँडै लड्न र चाँडै टुंगो लगाउन चाहने आशा गरिएको जानकारी पाउनासाथ हान सिङले तत्कालै सेनालाई चिङ सिङदेखि 15 किलोमीटर पर रहेको ठाउँमा तैनाथ रहन निर्देशन दिए।

मध्य रातपछि हान सिङको योजना अनुसार राम्ररी छनौट गरेर खटाइएका दुइ हजार शक्तिशाली लडाकु योद्धाहरु हान सेनाको ध्वजा आ-आफ्नो साथमा लिई अँध्यारोमा पहाडी गोरेटोबाट चाओ सेनाको शिविरको पछाडि पुगी चूपचाप लुकेर बसे।

त्यसपछि हान सिङले आफ्नो सेनालाई खुल्लमखुल्ला चाओ सेनासित जुझ्न “अघि बढ” भन्ने आज्ञा दिए। उनको सेना चिङ सिङ खोंचनिर पुग्दाखेरि उज्यालो भइसकेको थियो। चाओ सेनाका कमाण्डर छन यूले पनि संग्राममा लाग्न भनी सम्पूर्ण सैनिकहरुलाई जम्मा पारे। उनले हान सिङपट्टिका सैनिकहरु थोरै भएको र आफ्नो सेना अनुकूल भौगोलिक स्थितिमा परेको देखेर अबिलम्ब भए जति सैनिक पठाई हान सेनामाथि धावा बोल्न अह्राए। दुबै पक्ष बीच झण्डै आधा दिनसम्म हानाहान भए तापनि चाओ सेनाले जित्न सकेन।

त्यस बेला चाओ सेनाको शिविरमा थोरै कुरुवाहरु मात्र थिए। यस अघि नै पछाडि लुकेर बसिरहेका हान सिङका दुइ हजार योद्धाहरुले चाओ सेनाको शिविरमा आक्रमण गरी चारैतिर हान सेनाका ध्वजा फहराए अनि त्यसपछि नगरा बजाउँदै कराउन थाले। घमासान युद्धमा लडिरहेको चाओ सेनाले एक्कासी पछिल्तिरको आफ्नो शिविरमा जताततै हान सेनाका ध्वजा फरफराइरहेको देखेपछि क्षणभरमै त्यसको जंगी ब्यूह लथालिंग हुन थाल्यो। हान सिङले मौका छोपेर प्रत्याक्रण गरी चाओ सेनाका दुइ लाख सैनिकहरुलाई आच्छु आच्छु पारिदिए। चाओ सेनाक कमाण्डर छन यू मारिए र चाओ राज्यका राजा सेलाई पनि पक्राउ गरियो।

चिङ सिङमा भएको उक्त लडाईंमा हान सिङले प्रतिकूल स्थितिमा परेका दश हजार चानचुन सैनिकहरु लिएर लचिलो ढंगबाट जुधेर एकैसाथ चाओ राज्यका दुइ लाख जवानलाई पराजित गरेका थिए। यस घटनालाई चीनको सैनिक मामिला सम्बन्धी इतिहासमा महत्वपूर्ण अध्यायको रुपमा उल्लेख गरियो।

Share this story on

Messenger Pinterest LinkedIn