नेपाली

खाली नगर देखाउने युक्तिको कथा-1

criPublished: 2022-01-05 09:47:41
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनमा शु क ल्याङ भनेको प्रायजसो सबैका लागि परिचित नाउँ हो। यदि कुनै व्यक्तिलाई शु क ल्याङ जस्तै छ भनेर उपमा दिइएको हो भने त्यो मानिसको बुद्धिको प्रशंसा गरेको भन्ने अर्थ लाग्छ। अब तल शु क ल्याङका सम्बन्धमा एउटा कथा सुनौं।

ईसापूर्वो तेस्रो शताब्दीमा चीनको भू-भागमा तीनवटा मुख्य देश थिए: वै राज्य, शु राज्य तथा वु राज्य। यस अवधिलाई चीनको इतिहासमा "तीन राज्य काल" भनेर चिनिन्थ्यो। यी तीनवटा राज्य बीच बेलाबखतमा लडाईं भइरहन्थ्यो, तर कसैले पनि कसैलाई स्वाहा पार्न सकेका थिएनन। शु क ल्याङ शु राज्यका जंगी सल्लाहकार थिए। लडाईंमा निपूर्णताका साथ निर्देशन दिने गरेकाले उनको नाउँ चारैतिर फैलिएको थियो।

एक पल्टको कुरो थियो, वै राज्यले शु राज्यको रणनीतिक महत्वको ठाउँ सि छनमा दश हजारभन्दा पनि कम सैनिकहरु मात्र तैनाथ गरिएको हुँदा सैनिक शक्ति कमजोर देखिएको खबर पाएपछि महारथी स् मा ईलाई एक लाखभन्दा बढी योद्धा लिएर हमला गर्न पठाएको थियो। शु राज्यले वै राज्यको सेना सि छनतर्फ दौडेर आइरहेको जानकारी पाएपछि राजादेखि लिएर तलका सैनिकहरुसम्म सबै नै अति आत्तिन थाले। दश हजार सैनिकहरुले एक लाखभन्दा बढी शत्रुहरुको प्रतिकार गर्नु त अण्डाले पत्थरसित जुध्न खोजे झैं हो। तर सहयोग गर्नका लागि अरु ठाउँबाट फौज ल्याउन पनि भ्याइँदैनथ्यो। सि छन् नगर देख्दादेख्दै नाजुक अवस्थामा पर्नलागेको यस घडीमा कठीन अवस्थामा सधैं नै तीखो बुद्धि देखाउँदैआएका जंगी सल्लाहकार चु क ल्याङमाथि सबैले आफ्नो आशा तेर्स्याउने गरेका थिए। चु क ल्याङ पनि के गरुँ कसो गरुँ भन्ने स्थितिमा पर्न गए, तर गम्भीर स्थितिले यसको सामना गर्ने जुक्ति निकाल्नुपर्छ भनेर उनलाई वाध्य तुल्याइयो।

यो लेखलाई दुई भागमा विभाजन गरिएको छ। दोस्रो भाग आगामी साता राखिने छ।

Share this story on

Messenger Pinterest LinkedIn