नेपाली

मो चको कथा-2

criPublished: 2021-12-29 09:09:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कारिगर कोङले उचित जवाफ दिन नसकी सोङ राज्यमाथि जाइलाग्ने योजना छु राज्यका राजाकै निर्णय रहेको बहाना प्रस्तुत गरेकोले मो च तथा कोङ शु पान दुबैजना राजासित भेट्न गए। राजासित भेट भएपछि मो चले शुरुमा युद्धको प्रसंग नउठाइकन "एउटा कुराको खुल्दुली मेटाउनका लागि म हजूरको हुकुम सुन्न पाऊँ कि?" भन्ने विन्ती गरे। राजाले एउटा प्रश्न सोधेपछि मो चले प्रसंगलाई अगाडि बढाउँदै भने--"अहिले कुनै मानिसले आफ्नो शानदार बग्गीलाई छोडेर छिमेकीको थोत्रो बग्गी चोर्न खोजिरहेको छ, अनि आफ्ना राम्रा-राम्रा लुत्ता-कपडा छोडेर छिमेकीको च्यातिएर धूजा-धूजा भएको वस्त्र चोर्न खोजिरहेको छ। यो कस्तो खालको मान्छे रहेछ हँ?" राजाले पनि कुराको भित्री अर्थ नबुझिकनै झट्ट भनिहाले-- "यस मान्छेको चोर्ने रोग छ।" मो चले यसै मौकाको फाइदा उठाई तुरुन्तै भने--"छु राज्यको भू-भाग फराकिलो छ, तर सोङ राज्य भने केवल एउटा सानो देश हो। मानौं त्यो एउटा शानदार बग्गी हो र यो एउटा थोत्रो बग्गी हो। छु राज्यमा उपजहरुले भरिपूर्ण ढुकुटी छ, तर सोङ राज्यमा भने उत्पादनको अभाव छ। मानौं त्यो त राम्रो लुगा-कपडा हो र यो भने जीर्ण वस्त्र हो। त्यसैले मलाई लाग्दछ, छु राज्यले सोङ राज्यमाथि हमला गर्नखोज्नु र त्यही चोर्ने रोग भएको मान्छेको काम बीच केही फरक देखिंदैन।" छु राज्यका राजाले झ्वाट्ट उचित जवाफ दिन नसके तापनि "तिमीले ठिक कुरा गरे तापनि कोङ शु पानले मेरो लागि नयाँ सिँढी तयार गरिसकेकाले मैले पक्कै पनि सोङ राज्यमाथि केही गर्नुपर्छ" भन्ने कुरा उद्दण्डताका भने। मो चले सानो श्वरमा कुरा थप्दै भने-- "त्यो सिंढी कल्पना गरेको जस्तो क्षमतावान रहेनछ। होइन भने म कोङ शु पानसित नमूनाका रुपमा नक्कल गरेर बाहाँजोरी गर्न तयार छु।" छु राज्यका राजाले यतापट्टि पर्खाल तथा रखवारीका लागि उपयोगी हुने सम्बन्धित साधन र उतापट्टि त्यो नयाँ खालको सिंढी तथा हमलाका लागि उपयोगी हुने अन्य साधन लगायत आवश्यक सामग्री ठिकठाक पारेर मिलाइदिए। कोङ शु पानले नक्कल गरिकन सोङ राज्यको पर्खालमाथि हमला गर्नथाले जसको परिणामस्वरुप उनले अनेक पल्ट मो चले सफलताका साथ त्यसको प्रतिकार गरेर देखाए। कोङ शु पानले हमला गर्न उपयोगी हुने सबै साधन सिध्याइसके तापनि मो चको सुरक्षा गर्ने उपाय थुप्रै छ।

कोङ शु पानले आफ्नो हारबाट नचेतिकन चलाई धम्की दिए- "तिमीमाथि कसरी विजय प्राप्त गर्ने भन्ने कुरा मलाई राम्ररी थाहा छ। तर म भन्दिनँ।" मो चले ठाडै जवाफ दिए-- "मलाई पनि तिम्रो सामना कसरी गर्ने भन्ने कुरा राम्ररी थाहा छ। म पनि भन्न चाहन्न।" छु राज्यका राजाले यसभित्रको कारण बारे जिज्ञासा राख्दा मो चले कुरा स्पष्ट पारे-- "कोङ शु पानको दुराशय मेरो ज्यान लिनु नै हो। मलाई मारेपछि छु राज्यको आक्रमणको सामना गर्नसक्ने सोङ राज्यको अरु कोही पनि छैन भन्ने उनको ठहर छ। तर मैले आफ्नो जुक्ति मेरा शिष्यलाई सिकाउने काम गरिसकें। मलाई मारेर पनि सोङ राज्यको शहरको द्बारलाई फोरेर पस्नु असम्भव कुरा हो।"

छु राज्यका राजाले आफ्नो योजना सफल नहुने अवस्था सिर्जना भैसकेको थाहा पाएपछि विवश भएर "अब मैले सोङ राज्यमाथि हमला नगर्ने निर्णय गरिसकें" भने। हो, यसरी मो चले आफ्नो चतुरता र साहसका आधारमा सोङ राज्यलाई संभावित आपत्तिबाट जोगाए।

Share this story on

Messenger Pinterest LinkedIn