मो चको कथा-2
कोङ शु पानले आफ्नो हारबाट नचेतिकन चलाई धम्की दिए- "तिमीमाथि कसरी विजय प्राप्त गर्ने भन्ने कुरा मलाई राम्ररी थाहा छ। तर म भन्दिनँ।" मो चले ठाडै जवाफ दिए-- "मलाई पनि तिम्रो सामना कसरी गर्ने भन्ने कुरा राम्ररी थाहा छ। म पनि भन्न चाहन्न।" छु राज्यका राजाले यसभित्रको कारण बारे जिज्ञासा राख्दा मो चले कुरा स्पष्ट पारे-- "कोङ शु पानको दुराशय मेरो ज्यान लिनु नै हो। मलाई मारेपछि छु राज्यको आक्रमणको सामना गर्नसक्ने सोङ राज्यको अरु कोही पनि छैन भन्ने उनको ठहर छ। तर मैले आफ्नो जुक्ति मेरा शिष्यलाई सिकाउने काम गरिसकें। मलाई मारेर पनि सोङ राज्यको शहरको द्बारलाई फोरेर पस्नु असम्भव कुरा हो।"
छु राज्यका राजाले आफ्नो योजना सफल नहुने अवस्था सिर्जना भैसकेको थाहा पाएपछि विवश भएर "अब मैले सोङ राज्यमाथि हमला नगर्ने निर्णय गरिसकें" भने। हो, यसरी मो चले आफ्नो चतुरता र साहसका आधारमा सोङ राज्यलाई संभावित आपत्तिबाट जोगाए।