नेपाली

मो चको कथा-1

criPublished: 2021-12-22 09:55:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मो च ईसापूर्व पाँचौं शताब्दीतिरका एक चर्चित व्यक्तित्व हुन। त्यस बेलाको चीन, सरदारहरुले शासन चलाउने धेरै स-साना राज्यबाट बनेको देश थियो। ती राज्यहरुमध्ये छु राज्य एक ठूलो राज्य थियो भने सोङ राज्य एउटा सानो राज्य थियो।

त्यति बेला एकजना नामी कारिगर कोङ शु पानले छु राज्यका लागि सजिलैसँग माथि चढ्नसक्ने नयाँ डिजाइनको सिंढी बनाइदिएका थिए। खासगरी सुरक्षाका लागि शहरका वरिपरि बनाइराखिएका पर्खालमाथि चढेर जाइलाग्न खोज्दा यस्तो सिंढीलाई तात्कालीन अवस्थामा एक रणनीतिक महत्वको जंगी साधन भने पनि हुन्छ। यस्तो सिंढी पाएपछि त्यसको उपयोगिताको जाँच गर्न भनेर छु राज्यले सोङ राज्यमाथि धावा बोल्ने तयारी गर्नथाल्यो।

यो खबर सुन्नासाथ मो च नयाँ युद्ध हुन नदिने उद्देश्यले फटाफट दश दिन दश रात हिंडेर कारिगर कोङ शु पानसित कुरा गर्न छु राज्यको राजधानी पुगे। उनले निज कारिगरसँग भेटेपछि "उत्तरतिरको एकजना मानिसले मलाई दुःख दियो। म तपाईंको सहयोग लिएर उसलाई मारिदिन चाहन्छु" भने। कारिगर कोङले यस युक्तिको मतलब नबुझिकन कुरा सुनेर बेखुशी लागे तापनि कुनै जवाफ दिएनन। मो चले फेरि भने--"यस हत्यामा तपाईंको योगदानको कदर स्वरुप म तपाईंलाई धेरै पैसा दिनसक्छु।" कारिगरले "म नैतिक पक्षमा लागेकाले पैसाका लागि हत्याको काम गर्दिनँ" भने। मो चले त्यसपछि मात्र भने-- "छु राज्य ठूलो देश हो। त्यसको जनसंख्या धेरै नभए तापनि त्यसको भू-भाग विशाल छ। तैपनि यसले दुर्बल र सानो देश सोङ राज्यमाथि आक्रमण गर्नखोज्दैछ। यो त अन्यायपूर्ण युद्ध हो। तपाईंले मुखमा त हत्याको काम नगर्ने कुरा गर्नुभयो। तर युद्ध शुरु भएको खण्डमा तपाईंको नयाँ साधनका कारण कति हो कति निर्दोष सर्वसाधारणहरुको ज्यान जानसक्ला। यो साधन र तपाईंको आफ्नै हातले हत्या गर्नु बीच के फरक छ र!"

Share this story on

Messenger Pinterest LinkedIn