नेपाली

तोंग च नामक सौर्य अवधिको सांस्कृतिक चलन

criPublished: 2021-12-21 14:58:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

डिसेम्बर २१ तारिख चीनको तोंग च नामक सौर्य अवधि हो। यो सौर्य अवधि चीनका २४ वटा सौर्य अवधिहरूमध्ये २२औँ हो।

तोंग च नामक सौर्य अवधि सामान्यतः डिसेम्बर २१ देखि २३ तारिखभित्र पर्दछ। खगोलीय दृष्टिकोणबाट हेर्दा यस दिन उत्तरी गोलार्धमा सबैभन्दा छोटो बिहानी र सबैभन्दा लामो रात हुने गर्दछ। यस दिनपछि उत्तरी गोलार्धमा बिहानको समय दिन प्रतिदिन बढ्दै जान्छ।

अचम्मको कुरा के छ भने करिब दुई हजार वर्षअघि चिनियाँहरूले खगोल विज्ञान, जलवायु र कृषिको नियमअनुसार वर्षलाई २४ वटा सौर्य अवधिहरूमा विभाजन गरेका थिए। जलवायु र खेतीका लागि यी सौर्य अवधिहरूको महत्वपूर्ण अर्थ छ।

यस दिनमा उत्तरी चीनमा च्याउ च अर्थात् मःम र वानटन खाने चलन छ। च्याउ चको आकार कानजस्तै भएकोले उत्तरी चीनमा “तोंग च सौर्य अवधिमा च्याउ च नखाए हिउँदमा कान बरफ हुने” भनाइ छ।

साथै चीनको दक्षिण क्षेत्रमा यस दिनमा पुनर्मिलन तथा सफलताको प्रतिनिधित्व गर्ने थाङ युआन खाने चलन छ।

चीनको थाइवानमा नौ तल्ले केकबाट पूर्वजको पूजा गर्ने चलन पनि छ।

Share this story on

Messenger Pinterest LinkedIn