नेपाली

#अल्पसं#अल्पसंख्यक जाति# साङ्ग्रिलाको छोरो-स्नातिङचुको कथा-2

criPublished: 2021-12-21 08:52:45
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्नातिङचुको कथा सुनेर सर्वेक्षण र डिजाइन संस्थाका प्रमुख र विद्वानहरू चुप लागे। अन्त्यमा उनीहरूले सर्वेक्षण र डिजाइन गर्न स्वीकार गरे। तर राजमार्गको निर्माण गर्ने पैसा कताबाट ल्याउने?

स्नातिङचुले एकछिन विचार गरेर भने-“ पैसाको समस्या म समाधान गर्छु। आफ्नो सर्वस्व बेचेर भए पनि मैले मार्गको निर्माण गर्नुपर्छ।”

संस्थाबाट निस्कने वितिकै स्नातिङचुले आफ्नो बीएमडब्लु गाडी बिक्री गरे। त्यस वर्ष स्नातिङचुले सबै उद्योग विक्री गरेर चार करोड युआन जम्मा गरेर चट्टानमा निर्माण कार्य थालेका थिए। त्यो वर्ष सन् १९९९ थियो।

तर मार्गको निर्माण क्रममा स्थानीय बासिन्दाले धेरै अवरोध गरे।

“हामी पुस्तैनीदेखि पहाडमा बस्दै आएका छौं। पहाड देवताले हामीलाई आशीर्वाद दिनुहुन्छ। तिम्रो निर्माण टोलीले बम हान्दै बाटो खोलेमा देवता रिसाउनेछन्।”

“हो त नि। उनी ठग हुन्।”

“उसको व्यक्तिगत लक्ष्य अवश्य छ। उसको नराम्रो लक्ष्य कसैलाई थाहा छैन।”

गाउँलेहरूको रिस देखेर स्नातिङचुले शान्तिपूर्ण रूपमा व्याख्या गरे-

“हेर्नुहोस्, हाम्रो गाउँमा कतिजना युवा बाँकी छन्? तपाइँहरू गरिब र पिछडिएको जीवन बिताउन मन पराउनुहुन्छ? तर तपाइँका सन्तान पनि निरन्तर गरिबी हुनेछन्। युवाहरू ठूला शहरमा गइरहेका छन्। भविष्यमा हाम्रो गाउँ सुनसान हुनेछ। यसो भए हाम्रो पूर्वज र देवतालाई सन्तोष लाग्छ त?”

दुःख लागेको कुरा भनेको मार्गको निर्माण क्रममा स्नातिङचुका बुवाको निधन भयो। स्नातिङ्चुले बुवासँग गाडी चलाएर पहाडबाहिर जाने सपना कहिल्यै पूरा हुन सकेन।

सन् २००८ मा बुवाको निधनपछि दुइ महिनामा मार्ग सञ्चालनमा आयो। ३६ किमी लामो र ६ मिटर फराकिलो मार्ग २१४राजमार्गबाट पाला गाउँसम्म जोडिएको छ। पहिले हिंडेर चार-पाँच दिन लाग्ने यात्रा हाल गाडीद्वारा एक घण्टामै पूरा हुन्छ। मार्ग भएर गाउँमा विजुली र मोबाइल फोन सिग्नल पनि सञ्चालित भएको छ। हालसाल करिब तीनसयजना गाउँलेहरूले नजिकै दृश्य क्षेत्रमा रोजगारी गरेका छन्। बाहिर गएका युवकहरू पनि फर्केका छन्। हरेक परिवारको वार्षिक आम्दानी पहिलेको २००० युआनबाट एक लाखसम्म बढेको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn