नेपाली

छु लोङले सफलताका साथ मुमा महारानी चाओलाई सम्झाउने गरेको कथा-1

criPublished: 2021-11-24 15:50:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

ईसापूर्व पाँचौं शताब्दीमा चीनको "युद्धरत राज्य-काल”को कुरा हो। चाओ राज्यको शासन मुमा महारानी चाओको हातमा थियो। शक्तिशाली छिन राज्यले चाओ राज्यविरुद्ध युद्ध शुरु गर्ने योजना बनाएको थियो र चाओ राज्यले आफूसित राम्रो सम्बन्ध भएको छि राज्यसित गुहार माग्दाखेरी छि राज्यले आफ्नो स्वार्थका लागि मुमा महारानी चाओले आँखाको नानी जस्तो पालिएको कान्छो छोरो छाङ आन च्यूनलाई बन्धकका रुपमा छि राज्यमा पठाएपछि मात्र फौज पठाएर सहयोग गर्न स्वीकार्ने शर्त प्रस्तुत गरेको थियो। तर मुमा महारानीले कान्छो छोरालाई अति नै माया गर्ने गरेकाले छि राज्यमा पुगेपछि उसलाई कुनै खतरा हुन्छ कि भन्ने डर लागेकाले निर्णय गर्न ढिला-सुस्ती गरिरहेकी थिइन। मन्त्रीहरुले देशको सुरक्षाका लागि मुमा महारानीलाई छि राज्यको शर्त स्वीकार्न अनुरोध गरेका थिए। फलतः मुमा महारानी एकदमै रिसाइन। उनले मन्त्रीहरुलाई कहाँसम्म भनिन भने "अबदेखि फेरि कसैले यस विषयमा कुरा उठाउन चाहने हो भने मैले जरुर पनि सोझै उसको मुखमा थुक्नेछु।

त्यस दिन अति प्रतिष्ठित मन्त्री छु लोङले मुमा महारानीसँग भेट गर्न अनुरोध गरे। शायद उनी त्यही बन्धक सम्बन्धी कुराका लागि आउनलागेका होलान भन्ठानेकाले मुमा महारानी मुख अँध्यारो पारेर कुरिरहिन, तर छु लोङले जब मुमा महारानीसँग भेटे, "मुमा महारानीकहाँ सोधनी गर्न नआएको धेरै दिन भयो, आजकाल हजूरलाई सञ्चै छ कि? यही बुझ्नका लागि पो भेट्न आएको हुँ" उनले यति मात्र भने।

मुमा महारानीले भनिन--"आजकाल मेरो हिंडडुल धेरै छैन। साथै खाना पनि कम खानेगरेकी छु।" छु लोङले भने--"अचेल मेरो पनि खाने रुची छैन, तैपनि अलि बढी खान सकियोस् भन्नाका लागि सकी-नसकी केही घुमफिर गर्ने नाउँमा दिनहुँ एक/दुइ किलोमिटर जति हिंड्ने गरिरहेको छु। यसो गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ।" मुमा महारानीले "म त यो गर्न सक्दिनँ " भनिन। दैनिक जीवनमा एक-अर्का बीच गफसफ भइरहेको जस्तो अवस्थामा विस्तारै विस्तारै मुमा महारानीको झोंक केही घटेको पनि पाइयो।

Share this story on

Messenger Pinterest LinkedIn