नेपाली

थेन चिले कसरी घोडा-दौडमा विजय हासिल गरे भन्ने कथा-2

criPublished: 2021-11-17 09:09:05
Share
Share this with Close
Messenger Pinterest LinkedIn

खेल शुरु हुनुअघि थेन चिले सुन पिनको सुझाउ अनुसार लुकी-चोरीकन आफ्ना तीनवटा घोडाको विभूषणलाई आपसमा फेरबदल गरिदिए जसले गर्दा पहिलो खेलमा थेन चिको ग दर्जाको घोडालाई राजाको क दर्जाको घोडासित खेलाउन पाइयो। खेल शुरु भयो। राजाको उत्तम घोडा चाँडचाँडै अघि-अघि दगुर्दै गइरहेको थियो, तर थेन चिको घोडा भने निकै पछाडि परिरहेको थियो। यो देखेर राजा पेट मिची-मिची हाँस्नथाले। दोस्रो खेलमा सुन पिनको चाल बमोजिम थेन चिले राजाको ख दर्जाको घोडासित खेल्न आफ्नो क दर्जाको घोडा पठाए। सबैको स्याबासमा थेन चिको सो घोडाले राजाको घोडालाई उछिनेर दोस्रो खेलमा जित्यो। निर्णायक महत्वको तेस्रो खेन थेन चिको ख दर्जाको घोडा तथा राजाको ग दर्जाको घोडा बीच भएको हुँदा थेन चिको घोडा फेरि विजयी भयो। फलतः एकका बिरुद्ध दुइले थेन चिले यस बाजीमा जित्नपाए।

घोडा-दौड खेलमा सधैं नै विजयी भइरहेका राजा तिन छक परे-- खोइ, थेन चिले कहाँबाट यी राम्रा-राम्रा घोडा पाएको भनेर। यत्तिकैमा थेनले राजालाई आफ्नो जीतको कारण झन राम्रो खालका घोडा पाउनुको सट्टा बुद्धिको कारण हो भने। उनले सुन पिनद्बारा रचिएको रणनीति बारे सविस्तार सुनाइदिए। राजाले सबै कुरा बुझ्नासाथ अबिलम्ब सुन पिनलाई दरबारमा बोलाउन भने। सुन पिनले सविस्तार राजालाई के बुझाइदिए भने दुबै पक्षको स्थिति बराबर देखा पर्दा अनुकूल नीति अवलम्बन गरिएमा विपक्षलाई पराजित गर्न सकिन्छ भने दुबै पक्षको स्थिति बीच ठूलो अन्तर देखिएमा अनुकुल नीतिले संभावित क्षतिलाई न्यूनतम स्तरसम्म घटाउन सकिन्छ। त्यसपछि राजाले सुन पिनलाई देशका सम्पूर्ण सेनाको सञ्चालन गर्न भनेर सेनापतिको पदमा नियुक्त गरे। यसरी सुन पिनले थेन चिलाई सहयोग दिई छि राज्यका सेनाको सामरिक जुक्तिमा सुधार गरेकाले अरु राज्यका सेनासितको संघर्षमा पटक-पटक विजयी भएका थिए।

Share this story on

Messenger Pinterest LinkedIn