नेपाली

थेन चिले कसरी घोडा-दौडमा विजय हासिल गरे भन्ने कथा-1

criPublished: 2021-11-10 09:08:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

ईसापूर्व चौंथो शताब्दीको चीनको अवस्था सरदारहरुले स-साना राज्यमाथि शासन गरिरहेको अवस्थामा थियो जसलाई इतिहासमा "युद्धरत् राज्यको अवधि" भनिन्थ्यो। वै राज्यमा अधिकृत भएका सुन पिन, सहकर्मी फाङ च्युआनद्बारा गरिएको अन्यायमा परेपछि छि राज्यका दूतको सहयोगमा छि राज्यको राजधानी पुगे।

छि राज्यका दूतले उनलाई छि राज्यका महासेनानी थेन चिसित भेटाइदिए। थेन चिले सुन पिनसँग सैन्य-विज्ञानको कुरा सोध्दाखेरी सुनले तीन दिन तीन रातसम्म त्यसबारे व्याख्या गरेर सुनाए। थेनले यसबाट खूब प्रभावित भई सुनलाई महत्वपूर्ण अतिथि सम्झेका थिए भने सुनले पनि थेनलाई ऋणी मानेर बेलाबखतमा उनलाई उपयोगी जुक्ति सिकाउँने गरिरहेका थिए।

त्यस बेला घोडा-दौड भनेको छि राज्यको उच्च वर्गका मानिसहरुका लागि एकदमै मन पर्ने मनोरञ्जनात्मक कार्यक्रम थियो। राजादेखि लिएर मन्त्रीहरुसम्मका मानिसहरुले बेला-बेलामा घोडा दौडाएर मोज गर्नुका साथै ठूलो रकमको बाजी थाप्ने चलन पनि थियो। यस सिलसिलामा थेन चिले पनि धेरै चोटि राजा तथा अन्य मन्त्रीहरुसित बाजी थापे, तर कहिल्यै जित्न सकेनन। एक दिनको घोडा-दौडमा फेरि हार खाएर उनी घर फर्केपछि चूप लागेर बसिरहे। यो देखेर सुन पिनले "अर्को पल्ट मौका परेमा मलाई पनि घोडा दौडाउने ठाउँमा लैजानुहोस, हेरौं न, म हजूरलाई केही सघाउन सक्छु कि!" भनेर सम्झाए।

अर्को घोडा-दौड कार्यक्रममा थेन चिका साथमा सुन पिन पनि घोडा दौडाउने चउरमा गए। सबै सैनिक तथा निजामती अधिकारीहरु र सर्वसाधारणहरु त्यस रमाइलो चहल-पहलमा सहभागी हुनआए। प्रतियोगितामा सबै घोडाको दगुर्ने गतिका आधारमा तिनीहरुलाई क, ख, ग गरी तीन दर्जामा विभाजित गरिएको र फरक-फरक दर्जाका घोडालाई फरक-फरक तरिकाले सिंगारेर एउटै दर्जाका घोडालाई साथमा राखी दौडाउने र एक बाजीमा तीनवटा घोडालाई दौडाएर दुइवटाले जितेमा विजयी ठहरिने नियम रहेछ भन्ने कुरा सुन पिनले थाहा पाए।

सुन पिनले ध्यान दिएर अवलोकन गरेपश्चात् के भेद पनि थाहा पाए भने थेन चिका घोडा अर्काका घोडासित दाँजी हेर्दा त्यत्ति कमजोर रहेनछन्। खेलमा उचित रणनीति अंगीकार नगरिएकाले सफलता हात लाग्न नसकेको हो। सुन पिनले थेन चिलाई भने-- "महासेनानीज्यू, पीर नमान्नुहोस्। तपाईंको जीतका लागि मसँग उपाय छ।" थेन चि यो सुनेर सारै हर्षित भए। उनले तत्कालै थुप्रो सुनको बाजी हालेर राजालाई घोडा-दौड गराएर हेरौं भनेर निम्तो दिए। यस्तो खेलमा कहिल्यै नहारेकाले राजाले खुशीका साथ थेन चिको निम्तो स्वीकार गरे।

Share this story on

Messenger Pinterest LinkedIn