नेपाली

सि मन पाउको कथा-2

criPublished: 2021-11-03 09:45:10
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सि मन पाउले सबै आइसकेपछि ठूलो स्वरले भने--"जल-देवताकी दुलही ल्याइदेऊ, हेरौं उनी कति सुन्दरी छन?" केटीलाई सि मन पाउका अगाडि ल्याइयो। सि मन पाउले यसो हेरे र शिर फर्काएर सबैलाई भने--"यो केटी सुन्दरी नभएकाले जल-देवताकी श्रीमति हुन सक्दिन, तर निज देवताले अवश्य पनि पर्खिरहेकैछ। त्यसैले जल-देवतालाई अर्की सुन्दरी केटी खोजेर एक दिन पछि चढाइदिने जानकारी सुनाइदिन अब झाँक्री बूढीले एक चोटि जानुपर्‍यो।" सबैजना असमञ्जसमा परेको अवस्थामा सिपाहीँहरुले आज्ञा पाएर झाँक्री बूढीलाई उठाएर नदीमा खसालिदिए। एकछिन पर्खेर सि मन पाउले पुनः भने--"के भयो, बूढीको कुनै पनि जवाफ नआएको? यसमा ताकिता गर्न उनकी शिष्यलाई पठाइदेऊ न।" जिल्ला-प्रमुखले सिपाहींहरुसँग झाँक्री बूढीकी एउटा शिष्यलाई पनि नदीमा फालिदिन आदेश दिए। यसरी एकपछि अर्को गरी झाँक्री बूढीका तीनजना शिष्यलाई पनि नदीमा फालियो।

नदीका छेउमा उभिइरहेका ठूला ठालु, सरकारी कर्मचारी तथा तमाशा हेर्नेहरु सबका सब जिल्ल परे। उता सि मन पाउतिर नजर पुर्‍याउने हो भने उनी श्रद्धालु भावमा जल-देवताको जवाफ पाउने प्रतीक्षामा बसिरहेको जस्ता देखिए। अझै केही समय बितेर गएपछि सि मन पाउले जानाजानी भने--"ए, जल-देवताले ती दूतलाई आफूकहाँ धेरै रोकाएर पाहुनालाई अति स्नेह-माया गर्दा पो रहेछन्। भैगो, फेरि एकजनालाई ताकिता गर्न पठाउनुपर्‍यो।" यति भनेपछि उनले यस कुरामा मुछिएका ती स्थानीय ठूला ठालू तथा अधिकृतहरुमाथि आँखा लगाउन थाले। ती व्यक्तिहरुले डराएर आफूलाई पनि जल-देवतासित भेट गर्न नदीमा खसाइदेला कि भनेर घुँडा टेकेर माफी माग्न थाले।

सि मन पाउले स्वर ठूलो पारी त्यहाँ उपस्थित सबै मानिसलाई भने--"जल-देवताले दुलही चाहनु वास्तवमा झुटो कुरा हो। अब पछि कसैले अझै यस्तो काम गर्नखोजेमा सर्वप्रथम उसैलाई नै जल-देवतासित भेटाइदिने गरौं।" त्यसपछि ये ति भन्ने ठाउँमा जल-देवताले दुलही लिनु भन्ने जस्ता वाहियात कुराको नाम-निशाना नै रहेन। त्यसपछि सि मन पाउले आफ्नो क्षमताको प्रयोग गरी त्यहाँ निकै कुशलताका साथ सुशासन चलाए।

Share this story on

Messenger Pinterest LinkedIn