नेपाली

हंगेरी र चीनबीचको सम्बन्ध राम्रो हुने हंगेरीकी क्यामिलाको इच्छा

criPublished: 2024-07-26 09:33:32
Share
Share this with Close
Messenger Pinterest LinkedIn

क्यामिलाले सानो उमेरदेखि नै पूर्वी एशियाको सँस्कृति मन पराएकी थिइन्। बुडापेस्टमा स्नातक पढ्दा उनको विषय पूर्वी एशियाको भाषा र सँस्कृतिको अनुसन्धानसित सम्बन्धित थियो। त्यस कालदेखि नै उनले चिनियाँ भाषा सिक्न थालेकी थिइन्। त्यसपछि उनले चिनियाँ भाषाप्रति चासो लिएकी थिइन्। क्यामिला भन्छिन् “फुर्सदमा मैले हंगेरियन र चिनियाँ भाषाको अनुवाद गर्न मन गराउँथेँ। मैले सन् २०१७ देखि चिनियाँ भाषा सिकेको हुँ। विद्यालयको पाठ समाप्त भएपछि मैले निजी शिक्षकबाट पनि चिनियाँ भाषा सिक्ने काम गरेँ।”

क्यामिलाले चिनियाँ भाषा सिक्ने आशा लिइन् र त्यसैले उनले चीनको मास्टर परियोजनामा निवेदन दिएकी थिइन्। सन् २०२३ जुलाई महिनाको शुरूमा उनले विच्याट मोमन्टमा वुहान विश्वविद्यालय भर्ना पत्रको सूचना सार्वजनिक गरिन्। उनी भन्छिन् “मैले साँस्कृतिक सम्पदा र कुटनीतिबारे अनुसन्धान गर्ने आशा लिएँ। भविष्यमा मैले एकजना कुटनीतिज्ञ वा राजदूतवासको अधिकृत बन्ने र दुई मुलुकको सम्बन्धका लागि योगदान दिने आशा लिएकी छु। हाल हंगेरी र चीनबीचको सम्बन्ध राम्रो छ। दुई मुलुकले धेरै क्षेत्रहरूमा सहयोग गरेका छन्। भविष्यमा मैले दुई मुलुकको सम्बन्धको विकासका लागि आफ्नो योगदान दिने आशा लिएकी छु।”

सन् २०२३ अगष्टको अन्त्यमा क्यामिला वुहान गइन्। उनी चीनमा आएको यो पहिलो पटक हो। उनका आँखामा वुहान र बुडापेस्टबीच धेरै समानता छन्। उनी भन्छन् “वुहान याङ सी नदीद्वारा केही भाग विभाजित छ। बुडापेस्ट पनि डानुबेद्वारा दुई किनार विभाजित छ। मैले स्नातकको पेपरमा चीनको वातावरण ऐन र वातावरणीय नीतिबारे अनुसन्धान गरेँ। ती अनुसन्धानमध्ये एक उदाहरण वुहान हो। मैले धेरै अनुसन्धान गरेपछि वुहान राम्रो वातावरणको शहर हो भन्ने कुरा थाहा पाएँ। हाल मलाई साँच्चै वुहान मन परेको छ। यहाँ सबैजना मैत्रीपूर्ण छन्। वुहानले मेरो मनमा राम्रो छाप पारेको छ। हंगेरीले मलाई सुरक्षित महसूस दिन्छ। तर मलाई थाहा छैन किन वुहानले मलाई अझै बढी सुरक्षित महसूस गराएको छ।”

क्यामिला विश्वविद्यालयको महिला भलिबल टोली, एनिमे क्लबमा संलग्न भइन्। वुहान विश्वविद्यालयको एक मात्रै हंगेरीका विद्यार्थीको रुपमा क्यामिलाले आफ्नो सिकाई र जीवनप्रति अपेक्षा लिएकी छन्। क्यामिला भन्छिन् “मैले मेरा शिक्षिका र सहपाठीहरूसँग भेटेकी छु। मेरा चिनियाँ सहपाठीहरू निकै राम्रा छन्। भविष्यमा हामी एक राम्रो समूह बन्ने विश्वास मैले लिएकी छु।”

हंगेरी यूरोपमा चीनको महत्वपूर्ण सहयोगात्मक साझेदार हो। हालैका वर्षहरूयता दुई मुलुकको सम्बन्ध राम्रोसँग विकास भइरहेको छ। सन् २०१५ मा हंगेरीले चीनसँग हंगेरी यूरोपमा चीनको महत्वपूर्ण सहयोगात्मक साझेदार बनेको हो। हालैका वर्षहरूयता दुई मुलुकको सम्बन्ध राम्रोसँग विकास भइरहेको छ। सन् २०१५ मा हंगेरीले चीनसँग “बेल्ट एण्ड रोड”को संयुक्त रुपमा निर्माण गर्ने सहयोगात्मक सम्झौतामा हस्ताक्षर गरेको थियो। त्यसपछि दुई मुलुकले आधारभूत प्रबन्धको निर्माण, अर्थतन्त्र तथा व्यापार, जनता-जनताबीचको आदान-प्रदानआदि धेरै क्षेत्रहरुमा गहिरो सहयोग गरेका छन्। क्यामिला भन्छिन् “भविष्यमा हंगेरी र चीनबीचको सम्बन्ध अझै राम्रो बन्ने आशा मैले लिएकी छु। मैले दुई मुलुकले सँस्कृति र शिक्षा क्षेत्रमा आदान-प्रदान र सहयोग बढाउनसक्ने आशा पनि लिएकी छु।”

Share this story on

Messenger Pinterest LinkedIn