नेपाली

हंगेरी र चीनबीचको सम्बन्ध राम्रो हुने हंगेरीकी क्यामिलाको इच्छा

criPublished: 2024-07-26 09:33:32
Share
Share this with Close
Messenger Pinterest LinkedIn

क्यामिला विश्वविद्यालयको महिला भलिबल टोली, एनिमे क्लबमा संलग्न भइन्। वुहान विश्वविद्यालयको एक मात्रै हंगेरीका विद्यार्थीको रुपमा क्यामिलाले आफ्नो सिकाई र जीवनप्रति अपेक्षा लिएकी छन्। क्यामिला भन्छिन् “मैले मेरा शिक्षिका र सहपाठीहरूसँग भेटेकी छु। मेरा चिनियाँ सहपाठीहरू निकै राम्रा छन्। भविष्यमा हामी एक राम्रो समूह बन्ने विश्वास मैले लिएकी छु।”

हंगेरी यूरोपमा चीनको महत्वपूर्ण सहयोगात्मक साझेदार हो। हालैका वर्षहरूयता दुई मुलुकको सम्बन्ध राम्रोसँग विकास भइरहेको छ। सन् २०१५ मा हंगेरीले चीनसँग हंगेरी यूरोपमा चीनको महत्वपूर्ण सहयोगात्मक साझेदार बनेको हो। हालैका वर्षहरूयता दुई मुलुकको सम्बन्ध राम्रोसँग विकास भइरहेको छ। सन् २०१५ मा हंगेरीले चीनसँग “बेल्ट एण्ड रोड”को संयुक्त रुपमा निर्माण गर्ने सहयोगात्मक सम्झौतामा हस्ताक्षर गरेको थियो। त्यसपछि दुई मुलुकले आधारभूत प्रबन्धको निर्माण, अर्थतन्त्र तथा व्यापार, जनता-जनताबीचको आदान-प्रदानआदि धेरै क्षेत्रहरुमा गहिरो सहयोग गरेका छन्। क्यामिला भन्छिन् “भविष्यमा हंगेरी र चीनबीचको सम्बन्ध अझै राम्रो बन्ने आशा मैले लिएकी छु। मैले दुई मुलुकले सँस्कृति र शिक्षा क्षेत्रमा आदान-प्रदान र सहयोग बढाउनसक्ने आशा पनि लिएकी छु।”

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn