नेपाली

लेसोथोबाट आएकी अफ्रिकी युवती लीनोले चीनको विकासको मौका छोपेर आफ्नो प्रगति हासिल गर्ने आशा

criPublished: 2022-12-16 18:29:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

लेसोथोबाट आएकी अफ्रिकी युवती लीनो विश्वविद्यालयबाट स्नातक भएपछि अध्ययन गर्न चीन आइन्। चीनमा बसेको सात वर्षमा लीनोले चीनप्रति विश्वको आकर्षित शक्ति देखिन्। उनको विचारमा चीनको वैज्ञानिक नवप्रवर्तन र खुला भैरहेको अन्तर्राष्ट्रिय वातावरणले विदेशीहरूलाई आकर्षित गरेको छ। लीनो भन्छिन् “च च्याङ प्रान्तीय हाङचौ हाल उद्यमशील केन्द्र हो। त्यहाँ धेरै राम्रो उद्यमशील कम्पनीहरू र उद्यमशील वातावरण छ। क्वाङचौमा उद्यमशील वातावरण अन्तर्राष्ट्रियकरण बन्दैछ। क्वाङचौले विदेशी वरिष्ठ व्यक्ति र विदेशी लगानीकर्तालाई आकर्षित गरेको छ। हाल विदेशी कम्पनीले चीनबारे गहिरो जानकारी लिने आशा लिएका छन्।”

चीनको डिजिटल अर्थतन्त्रको विकासले चीनमा काम र बसोबास गर्ने व्यक्तिहरूका लागि सुविधा उपलब्ध गराएको छ। लीनो भन्छिन् “चीनको डिजिटल अर्थतन्त्रको विकासको भविष्य उज्जोल छ। डिजिटल प्रणालीले मानिसलाई उनीहरूको चिकित्सा बिमा, शिक्षालगायतका सबै सूचनासित जोड्न प्रत्याभूति गर्छ। यस्तो प्रणालीले मानिसको जीवनका लागि सुविधा उपलब्ध गराउँछ।”

लीनोले चीनको डिजिटल अर्थतन्त्रको विकासको मौका छोपेर अफ्रिका क्वाङ तुङ व्यापार महासंघलाई चीनको इ-वाणिज्य चौतारोसँग सहकार्य गर्न बढाइन्। दुई पक्षको सहकार्यमार्फत अफ्रिकाको कफी बिनआदि विशेषतायुक्त सामान चिनियाँ उपभोक्तालाई प्रचार-प्रसार गरिएको छ। नीलो भन्छिन् “च च्याङ प्रान्त खास गरी हाङचौ शहरमा इ-वाणिज्यको प्रत्यक्ष प्रसारण निकै परिपक्व छ। हामीले इ-वाणिज्य प्रत्यक्ष प्रसारण चौतारोमार्फत अफ्रिकी उत्पादित वस्तुबारे प्रचार-प्रसार गर्ने र अफ्रिकालाई चीनको उत्पादित वस्तुको प्रचार-प्रसार गर्ने योजना बनाएका छौं।”

लीनोले चीनका धेरै शहर, गाउँको भ्रमण गरिन्। उनका आँखामा चीनले उनीजस्तै विदेशी युवायुवतीहरूका लागि नवप्रवर्तन मौका उपलब्ध गराएको छ। चीनको ग्रामीण क्षेत्रमा उनले धनी बनाउन निर्देशन गर्ने किसानले स्थानीय वासिन्दालाई गरिबीबाट मुक्त नेतृत्व गरेको अवस्था देख्दा उनले धारणालाई वास्तविकताको रुपमा बनाउनु महत्वपूर्ण हुने ठहर लिइन्।

चिनियाँहरूको मित्रता र उत्साहप्रति लीनो छोएकि छिन्। लीनो भन्छिन्

“मैले चीनमा भेटेका व्यक्तिहरू मेरो परिवारका सदस्यजस्तै छन्। मेरी मालिक मेरी चिनियाँ आमा हुनुहुन्छ। उहाँले काममा मलाई हुर्कन मद्दत दिनुका साथै कठिनाइमा परेको अवस्थामा उहाँले पनि धेरै मद्दत दिनुभयो।”

हाल लीनोले पैचिङ नोर्मल विश्वविद्यालयमा शिक्षा विषय डाक्टर डिग्री अध्ययन गर्दैछिन्। भविष्यमा उनले अफ्रिकी युवायुवतीलाई आफ्नो विकास दिशा खोज्न मद्दत दिने आशा लिएकी छिन्।

Share this story on

Messenger Pinterest LinkedIn