नेपाली

चीनको आधुनिक उच्च गुणस्तरीय मिलिजुली यातायात प्रणाली तीव्र गतिले विकसित

criPublished: 2022-11-28 15:04:02
Share
Share this with Close
Messenger Pinterest LinkedIn

यातायात र ढुवानीलाई राष्ट्रिय अर्थतन्त्रको जग र रणनीतिक व्यवसाय मानिन्छ। चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ महाधिवेशनयता कमरेड सी चिनफिङ केन्द्रीत रहनुभएको केन्द्रीय समितिले यातायात र ढुवानी कार्यमा उच्च महत्व दिनुका साथै अनेकन् निर्णय तर्जुमा गरेको छ। त्यसले चीनको यातायात र ढुवानी कार्यमा ऐतिहासिक उपलब्धि प्राप्त गर्नुका साथै ऐतिहासिक सुधार पनि गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको प्रतिवेदनमा के प्रस्तुत गरिएको छ भने यातायातबाट सशक्त मुलुकको निर्माणलाई तीव्र पारिनुपर्छ। वर्तमान चीन आधुनिक उच्च गुणस्तरीय मिलिजुली यातायात प्रणालीतर्फ विकसित हुँदै जानेछ।

बितेका १० वर्षमा चीनमा विश्व प्रख्यात हङकङ चुहाई मकाउ विशाल पूल लगायतका विश्व स्तरीय परियोजनाको स्थापना भइसकेको छ। यसबाहेक, चीनको राजमार्ग र रेलमार्ग सञ्जालमा ३ लाखभन्दा बढी पूल र लगभग २० हजार सुरूङ थपिएको देखिन्छ। यसका अतिरिक्त, चीनको आधारभूत प्रबन्धको कूल परिमाण विश्वको अग्र स्थान पुगेको छ।

Share this story on

Messenger Pinterest LinkedIn