नेपाली

सन् २०२२ “इन्टरनेटको किरण” शीर्षकको मेला शुरू

criPublished: 2022-11-08 15:02:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विश्व साइबर सम्मेलन र चच्याङ प्रान्तीय जन सरकारले संयोजन गरेको र राष्ट्रिय इन्टरनेट सूचना कार्यालय, विज्ञान प्रविधि मन्त्रालय र उद्योग-सूचना मन्त्रालयको सहयोग रहेको सन् २०२२ “इन्टरनेटको किरण” शीर्षकको मेला नोभेम्बर ८ तारिख बिहान चच्याङ प्रान्तको उ चन शहरमा औपचारिक रूपमा शुरू भएको छ।

‘सँगै मिलेर साइबर विश्वको निर्माण, सँगै मिलेर डिजिटल भविष्यको सिर्जना—हातमा हात मिलाउँदै साइबर भाग्यको एकरूपताको स्थापना गरौँ’ भन्ने यस मेलाको मुख्य नारा रहेको छ। यो नै विश्व साइबर सम्मेलनको महत्त्वपूर्ण विषय रहेको छ। साथै मेलामा डिजिटल सम्बन्धी विविध क्षेत्रका नयाँ प्रविधिलाई दर्शकसमक्ष देखाइने छ।

प्राप्त जानकारी अनुसार, यस पटकको मेलामा ४० वटा मुलुक र क्षेत्रका जम्मा ४१५ वटा देशी र विदेशी व्यवसायी र संस्थाहरू सहभागी भएका छन्। सन् २०१४ यता “इन्टरनेटको किरण” शीर्षकको मेला निरन्तर रूपमा ८ वर्षदेखि आयोजना हुँदैआएको छ। साथै २५०० भन्दा बढी चिनियाँ र विदेशी व्यवसायीहरूले अघिपछि गरी उ चन शहरमा आआफ्ना पछिल्ला वैज्ञानिक र प्राविधिक उपलब्धिहरू प्रदर्शन गरिसकेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn