नेपाली

वैदेशिक व्यापार तथा विदेशी पूँजीको स्थिरता कायम राख्ने चीनको विश्वास

criPublished: 2022-05-12 15:15:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्युरोले वर्तमान आर्थिक परिस्थिति र आर्थिक कार्यका लागि एक बैठकको आयोजना गरेको छ। बैठकमा महामारी अवस्थालाई नियन्त्रणमा राख्दै अर्थतन्त्रलाई स्थिर बनाउनुका साथै विकासलाई सुरक्षित बनाउनुपर्ने जोड दिइएको छ। यसप्रति धेरै अर्थशास्त्रीले प्रतिक्रिया व्यक्त गर्दै वैदेशिक व्यापार तथा विदेशी पूँजीको स्थिरता कायम राख्न चीन सक्षम रहेको विश्वास व्यक्त गरेका छन्।

सम्बन्धी तथ्याङ्कअनुसार चालू वर्षको मार्चको अन्तमा चीनको विदेशी मुद्रा सञ्चिति परिमाण ३१ खर्ब ८८ अर्ब अमेरिकी डलर पुगेको छ, जुन विश्वको पहिलो स्थानमा छ। साथै चीनको मालसामानको कूल व्यापार रकमले पनि लगातार धेरै वर्षदेखि विश्वको पहिलो स्थान लिँदै आएको छ। चीनको अन्तर्राष्ट्रिय आर्थिक आदानप्रदान केन्द्रका कार्यकारी उपाध्यक्ष चाङ स्याउ छ्याङले एक गोष्ठीमा व्यक्त गरेअनुसार यी महत्वपूर्ण तथ्याङकबाट विश्व व्यापी रूपमा संरक्षणवादको प्रवृत्ति बढ्दैगएको पृष्ठिभूमिमा चीनले खुलापनको विस्तार र विदेशी पूँजीको स्थिरताबाट धेरै रणनीतिक फाइदाहरु लिँदै छ। चीनको व्यापार साझेदारी चौतारो फराकिलो देखिन्छ। चालू वर्ष क्षेत्रीय चौतर्फी आर्थिक साझेदारी सम्बन्ध सम्झौता अर्थात् आरसिइपी औचापरिक रुपमा सञ्चालनमा आएको छ। यस सम्झौताको कारण चीन र सम्बन्धी व्यापार साझेदारबीचको आयात निर्यात लगातार बढ्दै आएको देखिन्छ। यस वर्षको पहिलो त्रैमासिक अविधिको कारोबार युरोपेली सँघबीचको कारोबारभन्दा धेरै भएको छ र आशियान चीनको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ। यो चीनको वैदेशिक व्यापारको स्थिर विकासको नयाँ अवसर हो।

गत वर्ष चीनको विदेशी पूँजीको वास्तविक उपयोग लगभग १ खर्ब ७४ अर्ब अमेरिकी डलर बराबर छ, जुन वार्षिक रूपमा २० प्रतिशतले वृद्धि भएको छ। चालू वर्षको पहिलो त्रैमासिक अवधिमा ५९ अर्ब अमेरिकी डलरको वास्तविक उपयोग गरिएको छ भने गत वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतले वृद्धि भएको छ। हाल जर्मन चेम्बर अफ कमर्स इन चाइना र अमेरिकन चेम्बर अफ कमर्स इन चाइनाले जारी गरेको पछिल्लो प्रतिवेदनअनुसार क्रमशः ७१ प्रतिशत जर्मन लगानी भएका उद्यम र दुई तिहाइ अमेरिकी लगानी भएका उद्यमहरूले चीनमा लगानी बढाउने आशा गरेका छन्। यसले चीनको औद्योगिक श्रृंखलाका फाइदाहरू विशेष गरी विशाल बजारमूलक आकर्षण प्रतिबिम्बित गर्दछ।

चीनको अन्तर्राष्ट्रिय आर्थिक आदानप्रदान केन्द्रका उपाध्यक्ष चु क्वाङ याउले आरसिइपीलाई स्तरोन्नति गर्ने सम्बन्धमा वार्तालाई थप गति दिन सुझाव प्रस्तुत गरेका छन्। चीनले प्रभावकारी कदम चालेर भूराजनीतिक प्रभावको समाधान गर्दै बेल्ट एण्ड रोड निर्माणको प्रतिष्ठित परियोजना अर्थात् चीन-युरोप मालवाहक रेलको सामान्य तथा प्रभावकारी सञ्चालन सुनिश्चित गर्नुपर्छ।

Share this story on

Messenger Pinterest LinkedIn