नेपाली

पैचिङ हिउँदे ओलम्पिक खेलकुदको यूनिफर्म सार्वजनिक

criPublished: 2022-01-24 16:08:44
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालै पैचिङ हिउँदे ओलम्पिक खेलकुदको संयोजन समितिले हिउँदे ओलम्पिक खेलकुद र हिउँदे पारा ओलम्पिक खेलकुदको यूनिफर्म सार्वजनिक गरेको छ। यूनिफर्म कर्मचारी, प्राविधिक अधिकृत र स्वयंसेवकहरुको विशेष पहिचान हुनुका साथै ओलम्पिक भावनाको प्रचार-प्रसार गर्ने, आयोजक मुलुकको संकल्प प्रसारण गर्ने र चीनको उन्नतिशील परम्परागत संस्कृति तथा विकासको उपलब्धि देखाउन पनि महत्वपूर्ण छ।

हिउँदे ओलम्पिक खेलकुदको यूनिफर्म पैचिङ हिउँदे ओलम्पिक खेलकुद र हिउँदे पारा ओलम्पिक खेलकुदका कर्मचारी, प्राविधिक अधिकृत र स्वयंसेवकहरुका लागि लगाउने यूनिफर्म हो। यूनिफर्ममा पोशाक, जुत्ता र अरु अतिरिक्त वस्तुहरू छन्। ६०० भन्दा बढी डिजाइनबाट छानिएको यस यूनिफर्मलाई अघिपछि गरी ८ चरणमा सुधार गरिएको छ। यस यूनिफर्म सुन्दर देखिनुकासाथै यसको प्रयोगबाट शरीरलाई धेरै फाइदा पुग्ने छ।

यूनिफर्मको रुपरंगबाट हेर्दा हिउँ जस्तो सेतो रंग, कर्मचारीहरुका लागि घाम जस्तो रातो रंग, प्राविधिक अधिकृतका लागि ग्रेटवाल जस्तो खैरो रंग र स्वयंसेवकका लागि आकाश जस्तो नीलो रंगले विभिन्न कामको विशेषता अभिव्यक्त हुन्छ। यूनिफर्मको बुट्टामा पनि चीनको परम्परागत चित्र “हजारौँ किलोमिटरसम्म भएको प्राकृतिक दृश्य” र हिउँदे ओलम्पिक खेलकुद सम्बन्धी हिमपर्वतको चित्र समावेश छ।

हिउँदे ओलम्पिक खेलकुदको यूनिफर्मका प्रधान डिजाइनर, पैचिङ पोशाक इन्स्टिच्यूटका प्राध्यापक ह याङ पैचिङ २००८ ग्रीष्मकालीन ओलम्पिक खेलकुदकी डिजाइनर पनि हुनुहुन्छ। उहाँ यूनिफर्म हिउँदे ओलम्पिक खेलकुदको एउटा दृश्य हुने बताउनुहुन्छ,

सर्वप्रथम यूनिफर्मले आयोजक मुलुकको विशेषता अभिव्यक्त गरेको हुनुपर्छ। हरेक पटकको ओलम्पिक खेलकुदको विशेष यूनिफर्म हुन्छ। बुट्टा र रंगको भिन्नताबाट विशेषता अभिव्यक्त गरिनुका साथै फ्यासन र प्रभावमा पनि ध्यान दिनुपर्छ। हामीले डिजाइन गर्दा बुट्टाको पूर्णतालाई धेरै महत्व दिएका थियौं। त्यसका अतिरिक्त, मैले पोशाकको तल्लो भाग र पेन्टलाई एउटै रंगमा डिजाइन गरेकी थिएँ। तपाईँको बनावट त्यति राम्रो नभएमा पनि यूनिफर्म लगाएपछि तपाईँको खुट्टा लामो देखिने छ र सुन्दर देखिने छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn