नेपाली

जिम्बाब्वेकी महिला चिकित्सक चिनियाँ परम्परागत चिकित्सा विधिको अनुसरण गरी जिम्बाब्वेको परम्परागत चिकित्सा विधिको विकास गर्न इच्छुक

criPublished: 2022-01-17 09:56:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जिम्बाब्वेको परम्परागत चिकित्सा विधिको पनि पूरानो इतिहास छ। जिम्बाब्वेमा पनि विविध जडीबुटी औषधी छन्। गुरुरे आफ्नो बाल्यकालदेखि नै जडीबुटी औषधीप्रति रुचि भएकी थिइन् र उनले चाहेको बेलामा जडीबुटी औषधीको प्रयोग गर्छिन्। तथापि चिनियाँ परम्परागत चिकित्सा विधिको तुलनामा जिम्बाब्वेको परम्परागत चिकित्सा विधि आधुनिक भएको छैन। त्यसलै आफ्नो ज्ञानमार्फत स्थानीय परम्परागत चिकित्सा विधिको विकास गरी त्यसको राम्रो पुस्तान्तरण हुनसक्ने उनको आशा छ।

चिनियाँ परम्परागत चिकित्सा विधिको निरन्तर विकास हुँदै आएको छ। चीनमा धेरै चिनियाँ परम्परागत चिकित्सा विधि विश्वविद्यालय र चिनियाँ परम्परागत चिकित्सा विधि अस्पताल खडा भएको छ। जिम्बाब्वेले चीनसँग सिकेर परम्परागत चिकित्सा विधिको विकास गर्नुपर्छ। किनभने परम्परागत चिकित्सा विधि प्रभावकारी रहनुका साथै त्यसको साइड इफेक्ट कम हुन्छ र त्यसको मुल्य पनि सस्तो हुन्छ।

गुरुरेले चिनियाँ परम्परागत चिकित्सा विधि र जिम्बाब्वेको परम्परागत चिकित्सा विधि बीच धेरै समानता रहेको भन्दै आफ्नो श्रेष्ठताको उपयोग गरी यी दुई किसिमको चिकित्सा विधिको संयुक्त विकास गर्नसक्ने आशा गरेकी छिन्।

हाल म चिनियाँ परम्परागत चिकित्सा विधिमार्फत विरामीको निदान र उपचारको स्तर उकास्न कोसिस गरिरहेकी छु। मैले चिनियाँ परम्परागत चिकित्सा विधि सम्बन्धी प्रमाण पत्र छिटो प्राप्त गर्नसक्ने आशा गरेकी छु। सो प्रमाण पत्र पाएपछि मैले आफ्नो क्लिनिक संचालन गरी चिनियाँ परम्परागत चिकित्सा विधि र जिम्बाब्वेको परम्परागत चिकित्सा विधिबाट विरामीको निदान र उपचार गर्नसक्ने आशा राखेकी छु।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn