जिम्बाब्वेको पर्यटनका लागि आशा उमार्दै चिनियाँ खोप
फल्स दृश्य क्षेत्रमा पत्रकारले बेल्जियमका पर्यटक ग्रेगोरी स्पाराभिएरलाई भेट्नुभयो। चिकित्सकको हैसियतमा उहाँले फल्स शहरले सर्वप्रथम खोप लगाउने लक्ष्य पूरा गरेको कुराको प्रशंसा गर्नुभयो। उहाँ भन्नुहुन्छ “भिक्टोरियाको फल्स शहरले खोप लगाउने लक्ष्य पूरा गरेको राम्रो सूचना हो। यहाँ मलाई सुरक्षित लाग्यो। सबैजना मास्क लगाउँछन्, कुनै पनि समयमा हातहरू कीटाणुरहित बनाउन सकिन्छ।”
फल्स शहरका गभर्नर डहलामिनीले स्थानीय वासिन्दाले चिनियाँ खोप लगाउनुका साथै चिनियाँ खोप लगाउन धेरै विदेशी पर्यटकहरू फल्स शहर गएका कुरा बताउनुभयो। उहाँ भन्नुहुन्छ “धेरै पर्यटकहरू खोप लगाउन फल्स शहर आए। दक्षिण अफ्रिका, बोत्सवाना र जाम्बियाआदि मुलुकहरू। उनीहरूले फल्स शहर आएका कारण चिनियाँ खोप लगाउनु हो। यसबाट चिनियाँ खोपप्रति सबैलाई आशावादी भएको कुरा प्रतिविम्वित भएको छ।”