चीनको परम्परागत सँस्कृति पानामाको बहुपक्षीय सँस्कृतिको महत्वपूर्ण भाग बन्दै
पानामा सरकारले हाल सन् २०२२देखि चिनियाँ पात्रोअनुसार नव वर्षलाई पानामाको राष्ट्रिय चाड निश्चित गर्न घोषणा गरेको छ, साथै वसन्त चाड मनाउने कार्यक्रमलाई पानामाको अन्तर्राष्ट्रिय पर्यटकीय प्रचार-प्रसार योजनामा थपिदिएको छ। पानामाका लागि चिनियाँ राजदूत वै छ्याङले चिनियाँ परम्परागत सँस्कृति पानामाको बहुपक्षीय सँस्कृतिको महत्वपूर्ण भाग बनिसकेको, चीन र पानामाले भविष्यमा अनेकौं क्षेत्रहरूमा व्यवसायिक सहयोग सबल पार्ने कुरा बताउनुभयो।
सन् २०२२को “रमाइलो वसन्त चाड”कार्यक्रम पानामाले पहिलो पटक सरकारको नाउँमा औपचारिक रुपमा प्रस्तावित गर्ने वसन्त चाड मनाउने राष्ट्रिय स्तरको कार्यक्रम हो। राजदूत वैले पानामा सरकारले उक्त निर्णय गरेको पृष्ठभूमिबारे जानकारी दिनुभयो। उहाँ भन्नुहुन्छ “पानामा त्यति ठूलो छैन, जनसंख्या पनि त्यति बढी छैन। तर पानामामा बसोबास गर्ने चिनियाँहरू र चिनियाँ मूलका पानामेनियन धेरै छन्। तथ्यांकअनुसार, पानामामा बसोबास गर्ने चिनियाँ र चिनियाँ मूलका पानामेनियनको संख्या तीन लाख बराबर छ। यसले पानामाको जनसंख्याको ७प्रतिशतदेखि ८प्रतिशतसम्म ओगटेको छ। साढे एक शताव्दीको अवधिमा पानामामा बसोबास गर्ने चिनियाँहरूले आफ्नो विकास गर्नुका साथै पानामाको अर्थतन्त्र, समाज, सँस्कृतिआदि क्षेत्रहरूको विकासका लागि विशेष योगदान दिएका छन्। चिनियाँ परम्परागत सँस्कृति खास गरी खाद्यपदार्थ सँस्कृति पानामाको बहुपक्षीय सँस्कृतिको महत्वपूर्ण भाग बनिसकेको छ। चीन र पानामाबीचको दौत्य सम्बन्धको स्थापना भएको चार वर्षयता पानामाका लागि चिनियाँ राजदूतावास र चीनका सम्बन्धित विभाग र संस्थानको समर्थनमा चिनियाँ परम्परागत चाडसम्बन्धी कार्यक्रमको अझै राम्रोसँग आयोजना भैरहेको छ।”