ग्रामीण क्षेत्रका वासिन्दाहरू द्रूत गतिको रेलमा निर्भर भई समृद्धि उन्मुख
द्रूत गतिको रेल संचालन भएपछि रोजगारीका लागि शहर गएका स्थानीय वासिन्दाहरू जन्मथलो फर्कन थाले। छन यीफिङ रोजगार गर्न जन्मथलो फर्केका एकजना वासिन्दा हुन्। उनले पहिले च च्याङ प्रान्तीय यीऊ शहरमा रोजगारी गरेका थिए। सन् २०१७ जुन महिनामा उनले यीऊबाट फर्केपछि जन्मथलोमा झोला कारखाना खोले। उनकाअनुसार, जन्मथलो फर्केपछि उनले बृद्धबृद्धाको हेरचाह गर्नुका साथै पैसा कमाउन सक्छन्। उनलाई खुशी लाग्यो। उनको परिवारको जीवन अझै राम्रो बन्दैछ। छन यीफिङको झोला कारखाना सशिबा बस्तीको केन्द्रमा पर्दछ। कारखानामा बीस जना महिला मजदूर छन्। परिवारका कारण उनीहरू अरु क्षेत्र जान सक्दैनन्। त्यसैले उनीहरूले छन यीफिङको झोला कारखानामा काम गर्छिन्। उनीहरूले हरेक महिना तीन र चार हजार चिनियाँ युआन कमाउन सक्छन्। हाल छन यीफिङको झोला कारखानाले हरेक महिना एक लाख वटा झोलाको उत्पादन गर्नसक्छ।
यातायात सुविधाजनक बनेपछि चीनको विभिन्न क्षेत्रबाट आएका पर्यटकहरू बढ्दैछन्। पहिलेको पहाडी क्षेत्र, शहरी पर्यटकहरूले मन पराउने पर्यटकीय स्थल बनेको छ। शाङ राउ शहरको क्वारुसिन क्षेत्रको छ्वान खङ श जातीय गाउँका वासिन्दा चुङ फुशङले आफ्नो आबासलाई फार्मस्टेको शैलीमा सजावट गरे। उकाअनुसार, व्यस्त सिजनमा फार्मस्टेको प्रतिमहिना आम्दानी बीस हजार चिनियाँ युआन छ। फुर्सदको सिजनमा उनले अरु काम गर्ने गर्दछन्। एक वर्षमा उनको परिवारको आम्दानी दुई, तीन लाख चिनियाँ युआन पुग्छ।
द्रूत गतिको रेलले पहाडी क्षेत्रका वासिन्दाको जीवनका लागि ठूलो परिवर्तन ल्याएको छ र स्थानीय सामाजिक विकासलाई बढाएको छ। यातायात पूर्वाधारको परिवर्तन ग्रामीण क्षेत्रको पुनरुत्थान बाटो हो। पहाडी क्षेत्रका वासिन्दाहरू समृद्धिको बाटोतर्फ लम्किरहेका छन्।